संचार माध्यमहरु पनि न्याय सम्पादनका आधार बनेको जिल्ला न्यायधीश अधिकारीको भनाई ,मानहानीको डर नमान्न न्यायधीशको संचारमाध्यमलाई आग्रह
पी सी एन,२८ वैशाख । जिल्ला न्यायधीश ऋृषिप्रसाद अधिकारीले प्रेस जगतलाई विवेकशील आंखाको संज्ञा दिदै कतिपय अवस्थमा संचारमाध्यममा प्रकाशित समाचारका आधारमा पनि न्याय सम्पादन गरिदै आएको बताउदै अदालतको जनआस्था अभिबृद्धि गर्न प्रेसको सल्लाह सुझाव महत्वपुर्ण रहेको बताउनु भएको छ ।अदालतबाट भईरहेको सेवा प्रवाह सम्बन्धमा अदालत र पत्रकारबीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायधीश अधिकारीले अदालत र प्रेस दुबै जनताका लागि काम गर्ने भएकाले अदालतबाट प्रेस डराउने र प्रेसबाट अदालत डराउने स्थिति र असमझदारीको अन्त्य गरि अदालत र प्रेस दुबैले जनआस्था अभिबृद्धि हुने कार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
उंहाले प्रेस र अदालत बीचको सम्बन्ध निकट रहनुपर्ने बताउदै प्रेसमाथि अन्याय पर्दा अदालतले साथ दिएको र अदालतले पनि कतिपय कुरा प्रेसका आधारमा फैसला गर्ने गरेको जिकिर गर्नुभयो ।
कुनैपनि देश कतिको लोकतान्त्रिक छ भन्ने कुरा प्रेस र न्यायपालिकाको स्वतन्त्रता र प्रभावकारिताले निर्धारण गर्ने बताउदै न्यायधीश अधिकारीले कानुनी शासनको प्रत्याभुति दिलाई दण्डहिनताको अन्त्य गर्न प्रेस र अदालतको भुमिका सशतm रहेने स्पष्ट पार्नुभयो । मिडिया र अदालत स्वतन्त्र नरहे कानुनी शासन रहदैन ः उंहाको भनाई थियो ।
बर्दिया जिल्लाले जनताको अदालत र न्यायधीश एंव कर्मचारीहरुले श्रमजीवीको रुपमा काम गरिरहेकोले बताउदै उंहाले जिल्ला अदालतलाई सबैको सहज ,सरल पंहुच भएको अदालतको रुपमा काम कारवाही अगाडि बढाईएको धारणा राख्नुभयो।
Comments
Post a Comment