पी सी एन्
बर्दिया ३ भदौ । बन्द सफल पार्न आवहान गर्दे थरुहट थारुवान र संयुक्त मधेशी मोर्चाको , हिन्दु राज्य कायम गर्नुपर्ने मांग राखि हिन्दुवादी संगठनहरुको र पढन पाउनु पर्ने मांग राखि बिधार्थीहरुले गरेको प्रर्दशनका कारण गुलरियाको जनजीवन दिनभरी तनावपुर्ण रहयो । प्रर्दशनका क्रममा प्रहरी,आन्दोलनकारी र स्थानीय बीच केही स्थानमा झडप पनि भयो।
६प्रदेशको सहमति खोरजी गरि कंचनपुरदेखि चितवनसम्मको थरुहटभुमि थरुहट स्वायतm प्रदेश बनाउनु पर्ने मांग राखि थरुहट∕थारुवान संयुक्त संर्घष समितिले साउन २६गतेबाट र समानुपातिक र समावेशीकरण पहिचानसहितको संघीय नेपालको संविधान जारि हुनु पर्ने मांग राखि सयुक्त मधेशी मोर्चाले भदौ १गतेबाट गरेको मधेश तराई थरुहट बन्द एंव आम हडतालका कारण बर्दियाको जनजीवन कष्टकर बन्दै गएको बेला बिहीबार भएका प्रर्दशनहरुले यंहाको जनजीवन भयावह र तनावपुर्ण बनेको छ ।
बन्दकै क्रममा आज थरुहट∕थारुवान र संयुक्त मधेशी मोर्चाले सदरमुकाम गुलरियामा जनप्रर्दशन गरेका छन् । ब्यापक सुरक्षा फौज परिचालन गरेका कारण उनीहरुले प्रर्दशनको क्रममा कुनै अप्रिय घटना घटाउन सकेनन। प्रर्दशनकै क्रममा उनीहरुले खुला राखिएका केही पसलहरुमा ढुंगामुढा गरेपछि ब्यवसायीहरुले आ आफनो पसल बन्द गरेका थिए ।
उता धर्म निरपेक्षता खारेज गरि हिन्दु राज्य कायम गर्न मांग राखि वैदिक सनातन हिन्दु धर्म संरक्षण संर्घष समिति बर्दियाले सदरमुकाम गुलरियामा धार्मिक प्रर्दशन तथा धर्मसभाको आयोजना गरेका छन् । धर्म सभामा बोल्दै उनीहरुले सनातन हिन्दु राज्य कायम नगरि जारि हुने संविधान आफुहरुले नमान्ने बताएका छन् ।
थरुहट ∕थारुवान र संयुक्त मधेशी मोर्चाले गरेको बन्दकै क्रममा गुलरिया नगरस्तरीय बाल क्लब संजालको आयोजनामा बिद्यालयमा पढन पाउनु पर्ने मांग राखि बिधार्थीहरुले बर्दियाको सदरमुकाम गुलरियामा बिरोध प्रर्दशन गर्नुका साथै उनीहरुले आधाघण्टा जति सडकमै पढेका छन्। बिधालय र बिधार्थीहरु शान्ति क्षेत्र भएकाले उनीहरुले बन्द रहेका बिधालय खोल्ने व्यवस्था मिलाउन सरकार र आन्दोलनरलत पक्षसंग आग्रह गरेका छन् ।
थरुहट ∕थारुवान संयुक्त संर्घष समितिको आवहानमा ११दिनदेखिको लगातारको बर्दिया बन्दले सर्वसाधरणहरुलाई आवतजावत,सरकारी काम ,किनमेल, जीविकोपार्जनमा प्रत्यक्ष असरपरेपनि समस्या समाधानमा कसैको चासो गएको छैन ।
भदौ ४ गतेसम्म अनिश्चितकालिन आम हडतालको घोषणा गरेका उनीहरुले थारु, मधेशी र तराईवासीको अधिकार र पहिचान स्थापित हुने संघीय संरचनाको ब्यवस्था नंहुदासम्म आन्दोलन जारि राख्ने बताएका छन् । बन्दले गर्दा एम्बुलेन्स,प्रेस र मानव अधिकार कर्मी,सुरक्षा निकाय ,बिरामीका सवारी साधनबाहेक अन्य सवारी साधन संचालनमा आएका छैनन। बजार ,शिक्षण संस्था,कलकारखाना पुर्ण रुपमा बन्द रहेका छन्।



Comments
Post a Comment