पी सी एन
बर्दिया,१९साउन । हतियार प्रयोग गर्ने ब्यक्ति भागी फरार भएको हुदा खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ । श्रीमतिसंग अनैतिक सम्बन्ध गरेको आरोप लगाउदै सोही गोला गा वि स वडा नं ३बस्ने श्याम भन्ने टिकाराम बुढा क्षेत्रीले शनिवार अन्दाजी १०ः५५ बजेको समयतिर सोही ठाउका गंगाधर चालिसेलाई धारीलो हतियार प्रयोग गरी दुवै हात र गर्दनको भागमा हानी काटी घाईते बनाएका थिए ।
धारिलो
हतियार प्रहार भई घाईते गोला गाउ विकास समिति वडा नं ३ बस्ने बस्ने बर्ष ३७ का गंगाधर चालिसेको उपचारको क्रममा १६ गते शनिवार राती १बजे जिल्ला अस्पताल गुलरीयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिनुभयो ।

Comments
Post a Comment