कंग्रेसले नेपाललाई १०बर्ष भित्र एशियाको समृद्ध मुलुक बनाउने मन्त्री दहितको भनाई


 पी सी एन
बर्दिया,१८ कार्तिक । भूमिसुधार तथा व्यवस्था मन्त्री एंव प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका तर्फबाट बर्दिया २मा उम्मेदवार बन्नु भएका कंग्रेस नेता गोपाल दहितले मंसिरको चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेमा कंग्रेसले १०बर्ष भित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाउने बताउनु भएको छ । 
प्रेस क्लब अफ नेपाल (पी सी एन)ले मन्त्री एंव कंग्रेस उम्मेदवार दहितको राजापुर नगरपालिका वडा नं२ जोतपुरस्थित घरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री दहितले मंसीर १० र २१मा हुने आम निर्वाचनमा लोकतान्त्रिक शक्तिको नेतृत्व गरेको नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरि सरकार बनाउने र शिक्षा,सडक,रोजगारी,उधोगधन्दा,व्यापार तथा स्वास्थ्य हरेक हिसाबले नेपाल समृद्ध बनाउने  प्रष्ट पार्नुभयो ।
मंसीरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनाउ लोकतन्त्रको संस्थागत विकास,समृद्धि ,राष्ट्रियताको प्रर्वद्धन ,स्वतन्त्रता र दिगो शान्तिसंग जोडिएको धारणा राख्दै मन्त्री दहितले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक शक्तिले जितेमा मात्र गरिब धनी , किसान मजदूर,कर्मचारी शिक्षक, व्यापारी बुदिजीवी सबैको मौलिक हकको सुरक्षा , आत्मसम्मान र पहिचानको ग्यारेण्टीलाई संस्थागत गर्न सकिने धारणा राख्नुभयो ।
आफुले चुनाव जितेमा बर्दियालाई  विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता जनाउदै  मन्त्री दहितले बर्दियामा पुल पुलेसा,कृषिको आधुनिकीकरण ,किसानको समृद्धि ,सुविधासम्पन्न बिद्यालय तथा स्वास्थ्य उपचार केन्द्रको संचालन गरि बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाउने बताउनु भयो ।
उंहाले नेपाल र नेपालीको रक्षा,लोकतन्त्रको संस्थागत विकास ,समृद्धी , प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको पुर्ण ग्यारेण्टी र अन्र्तराष्टिय हस्तक्षेप रोक्न पनि नेपाली कांग्रेसलाई बिजयी गराउन सबैमा अपिल गर्नुभयो।
प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रदेशसभाका लागि नेपाली कांग्रेसको प्रत्यक्ष तर्फका उम्मेदवार नाचुराम थारु,प्रतिनिधि सभामा समानुपातिकका उम्मेदवार मालती सोडारी,नेपाली कांग्रेस बर्दियाका सहसचिव प्रेमलाल थारु,जिल्ला सदस्य कमलप्रसाद रेग्मीले युवाबिद्याथी,महिला,मुक्त कमैया,भुमीहिन र सुकुम्वासीहरुलाई समृद्ध बनाउन र लोकतन्त्र बचाउन पनि नेपाली कांग्रेसलाई बिजयी गराउन सबैमा अनुरोध गर्नुभयो। 


Comments