Skip to main content
राम्रो ,समुन्नत र समृद्ध बर्दिया बनाउने जनताले आफुलाई जिताउने सिचाईमन्त्री गौतमको भनाई

पी सी एनबर्दिया,२ मंसीर । सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति तथा निर्वाचन क्षेत्र नं १का प्रतिनिधि सभा उम्मेदवार सञ्जयकुमार गौतमले आफु यहि माटोमा जन्मेको यहि माटोमा हुर्केको स्थानीय कला संस्कृति बुझेको सुयोग्य सुपात्र भएको बताउदै बर्दियाली जनताले यहि माटोमा जन्मेको ,यहिको संस्कृति र सभ्यता बुझेको ब्यतिm आफुलाई यस पटकको निर्वाचनमा बनाउने विश्वास ब्यक्त गरे ।
बढैयाताल गाउपालिकाकालाई बालश्रम निषेध गाउपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे सिचाईमन्त्री गौतमले बर्दियालाई राम्रो ,समुन्नत र समृद्ध बर्दिया बनाउन फेरि चुनाव जितेमा सुपात्र भएर आफुले अझ बढि प्रभावकारी सशक्त किसिमले जनताले चाहेको काम गर्ने बताए।
कमैया मुक्ति,मुक्त कमैया पुर्नस्थापना र मुक्त कमलहरीलाई परिचयपत्र बितरणमा नेपाली कांग्रेसको सरकारले महत्वपुर्ण भुमिका खेलेको प्रष्ट पार्दे सिचाईमन्त्री गौतमले ३ पटक चुनाव जितेका वामदेव गौतमले बर्दियाको विकासमा केही गर्न नसकेका कारण जनताको नजरमा वामदेव कुपात्र भएको बताए ।
तराईका २२जिल्ला मध्ये स्रोत साधनले सम्पन्न बर्दिया र बर्दियाली जनतालाई एमालेबाट ३ पटक चुनाव जितेका वामदेवले झुठो भाषण र आश्वासन बाहेक. विकासका लागि केही गर्न नसकेको जिकीर गर्दे कांग्रेस नेता गौतमले आफुले चुनाव जितेमा बर्दियामा ठुलाठुला कलकारखाना खोलाई युवाहरुलाई स्वदेशमै रोजगारी दिलाई भारत तथा खाडि मुलुकमा वैदेशिक रोजगारका लागि हुने युवा पलायनलाई रोक्ने प्रतिबद्धता समेत जनाए ।
सुपात्र भएर संविधान निर्माण र बर्दियाको विकासमा आफु सांसद र मन्त्री हुदा छोटो अवधिमा सक्दो काम गरेको बताउदै उनले आफु पुनः सांसद भएमा बर्दियालाई छिट्टै समृद्धशाली बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। सिचाइमन्त्री गौतमले आफु निर्वाचित भएर जनताको मतको सम्मान गर्दे संविधान निर्माण र आफनो निर्वाचन क्षेत्रको विकासमा उल्लेखनीय कार्य गरेको प्रष्ट पार्दे बर्दियामा समृद्धि ल्याउन यस पटकको मंसीर २१को निर्वाचनमा जनताले आफुलाई पुन मत दिएर बिजयी गराउने विश्वास गरे ।
Comments
Post a Comment