Skip to main content
मुर्तीहा नाका छिटटै संचालनमा आउने गुलरिया उधोग बाणिज्य संघका अध्यक्ष चौधरीको भनाई
पी सी एन
बर्दिया,२७ पौष । गुलरिया उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर चौधरीले बर्दियामा आर्थिक विकासको ढोका खोल्न महत्वपुर्ण भूमिका खेल्न सक्ने गुलरिया मुर्तीहा नाका छिट्टै संचालनमा ल्याएमा बर्दियामा आर्थिक समृद्धिको लहर आउने बताएका छन् । उनले त्यसका लागि गुलरिया उधोग बाणिज्य संघ अन्तिम कसरतमा लागि परेको र छिटटै नै नाका खुली बर्दियामा भारतीय तथा चिनीया लगानीमा ठुलाठुला उधोग स्थापना हुने प्रष्ट पारे । थारुहरुको महान पर्व माघीको उपलक्ष्यमा गुलरिया ८ कोठियागाउमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष चौधरीले बर्दियाको आर्थिक समृद्धि ,विकास र युवा रोजगारीका लागि स्वदेशी तथा विदेशी लगानी मार्फत कृषि तथा जडिबुटीमा आधारित ठुला ठुला उधोग संचालनमा ल्याउने अन्तिम तयारी भईरहेको बताए ।
उनले गुलरिया उधोग बाणिज्य संघले बर्दियाका बेरोजगार युवाहरुलाई लक्षित गरि युवा स्वरोजगार कार्यक्रम ल्याउन लागेकोले सो कार्यक्रममा आबद्ध हुन युवा बिद्यार्थीहरुलाई आग्रह गरे ।
हाम्रो बर्दियालाई राम्रो बर्दिया कसरी बनाउन सकिन्छ, बर्दियाको समग्र विकासको खाका के हुनुपर्छ भन्ने विषयमा छलफल गर्न गुलरिया उद्योग बाणिज्य संघको अगुवाईमा माघी पर्वको अवसर पारेर यहि पुष ३०गते बर्दियाबाट प्रतिनिधित्व गर्ने मन्त्री,सांसद,स्थानीय तहका जनप्रतिनिधी,पत्रकार,बुद्धीजीवी,ब्यापारीहरुलाई आमन्त्रण गरेको जानकारी दिए।
नेपाली कांग्रेसका ८ नम्बर वडा सभापति मनोहरलाल थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य खम्ब घर्ती,प्रेस क्लब अध्यक्ष यम घिमिरे, वडा सचिव मदनकुमार थारु समाजसेवी गुड्डी थारु लगायतले गुलरिया विकासमा चाल्नुपर्ने कदम बारे बताउदै माघी पर्वको महत्वको बारेमा शुभकामना दिनुभयो ।
Comments
Post a Comment