दिगो विकासका लागि सामाजिक चेतना भन्ने मुल लक्ष्यका साथ २०४९ साल माघ ६गते राजापुरमा स्थापित संघले बिभिन्न दातृ निकायको सहयोगमा प्रदेश नम्बर ५को बर्दिया,बांके र दांग,६को रोल्पा र ७ को कैलाली,कञ्चनपुरमा स्वाथ्य,शिक्षा,गरिबी निवारण सामाजिक जागरण लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।
साधरण सभामा बोल्दै गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष कृष्णजंग शाहले आर्थिक बर्ष २०७३ ⁄ ७४मा संघले प्लान नेपालको सहयोगमा समुदायमा आधारित एकीकृत मातृशिशु स्वास्थ्य तथा खानेपानी सरसफाई,गरिबी निवारण कोषको सहयोगमा जनसहभागितामुलक गरिबी निवारण कार्यक्रम,प्रान र महिला स्वास्थ्य कार्यक्रम संचालन गरि समुदायमा लाभ पुरयाएको बताए ।
साधारण सभाले संघको रजत जयन्ती अर्थात २५औं बर्षगाठ भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ ।
Comments
Post a Comment