पुष्पा वि क
पी सी एन्,४ वैशाख। पूर्वरानी कोमलको स्वास्थ्य उपचारका लागि भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा एक अपार्टमेन्ट खरिद गरेका छन् । पूर्वयुवराज पारसका छोरा र छोरीलाई पढाउने उदेश्यका साथ दिल्लीमा पूर्वराजपरिवारले अपार्टमेन्ट किनेको निर्मल निवास स्रोतले बताएको छ ।
२७ चैतमा भारत पुगेका पूर्वराजा पूर्वयुवराज्ञी हिमानीका नामबाट अपार्टमेन्ट खरिद गरेका छन् । पूर्वरानी कोमलको स्वास्थ्य उपचारका लागि तीन महिने योजनासहित दिल्ली पुगेका ज्ञानेन्द्र भने छिट्टै नेपाल फर्किने भएका छन् । भोलि शनिवार आमाको मुख हेर्न उनी नेपाल आउन लागेका छन् । आमाको मुख हेरपछि उनी फेरी दिल्ली नै फर्किने कार्यक्रम रहेको उनी निकट स्रोतले बताएको छ । नेपालबाट फर्केपछि दरवार हत्या काण्डका बेला पूर्वरानी कोमललाई लागेको गोली निकाल्ने योजना रहेको छ ।
चार बर्षपछि पारस नेपाल फर्के लगतै पूर्वराजपरिवारका अधिकांश सदस्यहरु दिल्ली पुगेका छन् । पारसको नेपाल आगमण पछि दिल्ली प्रस्थान गरेका पूर्वराजाले पूर्वरानीको स्वास्थ्य उपचार बताएका थिए । तर छोरासँगको सम्बन्धका कारण उनी दिल्लीमा बस्ने भएका छन् । अपार्टमेन्ट खरिद गरेपछि हिमानीले बालबच्चालाई भारतमा पढाउने जाँचो मिलाई रहेकी छिन् । दुई छोरी र एक छोरालाई पढाउनका लागि उनले अपार्टमेन्ट खरिद गरेकी हुन् । त्यही अपार्टमेन्टमा पूर्वराजासहित परिवार बसीरहेका छन् । हिमानीको व्यस्तता अहिले बिद्यालय हेर्नमा जान थालेको छ । बाँकी शिक्षा त्यहीँ दिने उनीहरुको योजना रहेको छ ।
यता पारस परिवारको मन जित्न देवी देउतासँग भाकल गरिरहेका छन् । ‘म सुुध्रिएर देखाउँछु, मुखले होइन, व्यवहारले नै विश्वास दिलाउँछु भन्दै नेपाल आएदेखि उनले कुनैपनि लागु औषध प्रयोग नगरेको उनी निकट स्रोतले बताएको छ । पत्नी हिमानी र बुबा ज्ञानेन्द्रको मन जित्न उनीहरुले पनि विश्वास गर्ने पात्र प्रभञ्जनबहादुर सिंह, राजेश सिंह र अभयबहादुर शाहसँग उनी वसिरहेका छन् । तीबाहेकका व्यक्तिसँग नजिकिँदा बुबा र पत्नीको मन जित्न नसकिने भएपछि उनले अरुसँगको सम्बन्धलाई अहिले बिस्तार गरेका छैनन् । अहिले पारसलाई धूमपान र मदिराबाट पूर्णतः अलग पारिएको छ । सात्विक भोजन गर्ने गरेका छन् ।
पारस चाँडै निर्मलनिवास सर्न चाहिरहेका छन् । त्यसका लागि ग्रहशान्तिको पूजा लगाउने र साइत हेराउने काम अहिले भइरहेको छ । ज्योतिषको सल्लाह अनुसार उनी ८ बैशाखमा निर्मल निवास पुग्ने भएका छन् ।
Comments
Post a Comment