सार्वजनिक क्षेत्रमा हुने गरेका अनियमितता,भ्रष्टाचारको अन्त्य नगरि आयेगले विश्राम नलिने अख्तियार प्रमुख कार्कीको भनाई

पी सी एन्,१९जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमानसिंह कार्कीले राज्यले देशको संविधान, कानून तथा विधिहरू मार्फत आम नागरिकहरूलाई प्रदान गर्ने हक अधिकारहरू प्रति अत्यन्तै सचेत रहन सर्वसाधरणहरुलाई आग्रह गर्नु भएको छ ।
 वाजुरा जिल्लाको कैलासमाण्डौं ९ पैमास्थित पार्वती माध्यमिक विद्यालयको नवनिर्मित भवन र सोही ठांउमा र वडिमालिका नगरपालिका ६ मा रहेको ६५ किलोवाट क्षमताको मनागाढ लघु जलविद्युत परियोजनाको एक समारोहका बीच उद्घाटन गर्दे प्रमुख आयुक्त कार्कीले कुनै अनियमितता,भ्रष्टाचार सम्बन्धमा सत्य र यथार्थपरक सूचना र उजुरीहरू दिई आयोगको अभियानमा सहकार्यका लागि सर्वसाधरणहरुमा अनुरोध गर्नुभएको छ ।
उंहाले नेपालमा सार्वजनिक क्षेत्रमा हुने गरेका अनियमितता,भ्रष्टाचारको अन्त्य गरी राज्यद्वारा आम नागरिकहरूलाई प्रदान गर्ने गास, वास, कपास, स्वास्थ्य, शिक्षा, स्थानिय विकास लगायतका आधारभूत हक अधिकारसंग सम्बन्धित सेवा र वस्तुहरुको गुणस्तर तथा वितरण प्रकृयामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तर अनुगमन एवं निगरानी गरीरहेको बताउनु भयो ।
माध्यमिक तहसम्मको अध्ययन नै विधार्थी भाईबहिनीहरूको उच्च शिक्षा र भविष्यको मुख्य आधार भएको बताउदै प्रमुख आयुक्त कार्कीले गुणस्तरीय शिक्षाका लागि राज्यका निकायहरु, विद्यार्थी ,अविभावक बर्गका साथै सरोकारवाला सबैले संवेदनशिल भई कार्य गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । नेपालका दुरदराजमा रहेका गाउ बस्तिहरू सम्मको शिक्षा क्षेत्रमा हुने अनियमितता भ्रष्टाचारको अन्त्यका लागि आफू र आयोग प्रतिवद्द रहेको बताउदै उहाले विद्यालय भवनको निर्माणबाट वालवालिकाको शिक्षा सम्वन्धि हक सुनिश्चत गर्न थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुशासन प्रवर्धन गर्दै सामाजिक न्याय कायम गर्ने उदेश्यले अन्य क्षेत्रहरूमा जस्तै सुदूरपश्चिमयस क्षेत्रको पनि दिपायल र महेन्द्रनगरमा आयोगको क्षेत्रीय र सम्पर्क कार्यालयको स्थापना भएको प्रमुख आयुक्त कार्कीको भनाई छ ।अख्तियार प्रमुख कार्कीले कृषि, जलविद्युत,पर्यटन, धार्मिक लगायतका क्षेत्रमा विकासका प्रचुर सम्भावनाहरू बोकेको सुदूरपश्चिम क्षेत्रमा भने जति विकास  हुन नसकेको र गरिवी, बेरोजगार र पछौटेपनको अवस्था देखेर आफूलाई दुख लागेको बताउनु भयो।
माध्यमिक तहसम्मको अध्ययन नै विधार्थी भाईबहिनीहरूको उच्च शिक्षा र भविष्यको मुख्य आधार भएको बताउदै प्रमुख आयुक्त कार्कीले गुणस्तरीय शिक्षाका लागि राज्यका निकायहरु, विद्यार्थी ,अविभावक बर्गका साथै सरोकारवाला सबैले संवेदनशिल भई कार्य गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । नेपालका दुरदराजमा रहेका गाउ बस्तिहरू सम्मको शिक्षा क्षेत्रमा हुने अनियमितता भ्रष्टाचारको अन्त्यका लागि आफू र आयोग प्रतिवद्द रहेको बताउदै उहांले विद्यालय भवनको निर्माणबाट वालवालिकाको शिक्षा सम्वन्धि हक सुनिश्चत गर्न थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments