पी सी एन,२७जेठ । राष्ट्र र जनता पहिलो भन्दै नेपाल परिवार दल बर्दियाले मकवानपुर जिल्लामा गई भुकम्पबाट प्रभावितहरुको पुर्नस्थापना कार्यमा सहयोग गरेको छ ।
परिवार दलका जिल्ला अध्यक्ष सुशील लामिछानेको नेतृत्वमा वैशाख १२गतेका आएको भुकम्पबाट क्षतिग्रस्त हुन पुगेको मकवानपुरको खैरांग गाविस वडा नं १को अठारेमा रहेको कालिका माविको ६ कोठे अस्थाई टहरा निर्माण गरिएको छ ।
नेपाली भिलेज मोभमेन्ट अन्र्तगत जिल्ला अध्यक्ष लामिछानेको नेतृत्वमा बर्दियाबाट गएका १३जना कार्यकर्ता र स्थानीय कार्यकर्ता समेतको सहभागितामा तीन दिन लगाएर विद्यालयको ६ कोठे अस्थाई टहरा निर्माण गरिएको हो ।
टहरा निर्माण कार्यमा नेपाल परिवार दलका केन्द्रिय सदस्य मनोज कुमार सुर्खेती समेतको उपस्थिति रहेको थियो ।
भुकम्पबाट क्षतिग्रस्त बिधालयमा ६कोठे टहरा निर्माण गरिदिएकोमा विधालय परिवारले नेपाल परिवार दल बर्दियाका अध्यक्ष लामिछाने र उंहाको दललाई धन्यवाद ज्ञापन गरेको छ ।
Comments
Post a Comment