बर्दियामा विविध कार्यक्रम गरि चुरे दिवस मनाईयो


पी सी एन
बर्दिया,२असार जिल्ला वन कार्यालय सामुदायिक विकास तथा सरोकार केन्द्र गुलरियाले बर्दियामा विविध कार्यक्रम गरि चुरे संरक्षण दिवस २०७२ मनाएको
 जिल्ला वन समन्वय समितिका अध्यक्ष एंव स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे,बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेल ,प्रशासकीय अधिकृत डिल्लीराम आचार्य,ने पा एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवाली,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे , सामुदायिक विकास तथा सरोकार केन्दका अध्यक्ष सुशील लामिछाने ,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भीम ठकुरी, फुलबारी एफ एम का स्टेशन म्यानेजर दिपक शर्मा लगायतले चुरे संरक्षणका विषयमा आफनो धारणा राख्नु भयो

कार्यक्रमा अधिकांश बक्ताहरुले सामुदायिक वन स्थानीय संघ संसथाहरुको सहकार्यमा बर्दियामा राष्टपति चुरे संरक्षण कार्यक्रमलाई बिस्तार गर्न,चुरे संरक्षण कार्यक्रमको पांच बर्षीय योजना बनाई कार्यान्वयन गर्न चुरे संरक्षण कार्यक्रमको आवश्यकता महत्व बारे स्थानीय मिडिया मार्फत सर्वसाधरणलाई सुचना प्रवाह गर्नुपर्ने लगायतका धारणा राखेका थिए।
कार्यक्रममा वन्यजन्तु संरक्षणमा विशेष योगदान पुरयाउने भदै थारु,निबन्ध प्रतियोगितामा विजयी हुने वागेश्वरी उमाविका प्रकाश भटराई,राधाकृष्ण थारु बगलामुखकिा उमाविका प्रतिमा शाहीर महाविक देवकोटा उमाविका बिधार्थी अर्जुन थारुलाई नगद पुरस्कार कदरपत्र प्रदान गरियो
सोही कार्यक्रममा बबई नदी प्रणालकिो संरक्षणमा योगदान पुरयाउने गलरियाको रामबाग सामुदायिक वन,धधवारको जनजागृति सामुदायिक वन सानोश्रीको गणेश शिवदुर्गा सामुदायिक वनलाई समेत नगद पुरस्रकार प्रमाण पत्र प्रदान गरिएको

चुरे संरक्षण दिवसकै अवसरमा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेबापत जुमनीको सिमला खल्ला सामुदायिक वन,जयनगरको जागृति सामुदायिक वन खोदाउ सामुदायिक वनलाई समेत पुरस्कृत गरिएको

Comments