अख्तियारद्वारा खरिदार झा बिरुद्ध आरोप पत्र दायर



पी सी एन,१९जेठ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा खरिदार पदमा कार्यरत रामनारायण झाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा () द्वारा परिभाषित कसुर गरेको पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ। झालाई सोही कार्यालयमा चलेको सार्वजनिक अपराध सम्बन्धि मुद्दामा राखिएको धरौटी रकम फिर्ता दिनको लागी भनि सेवाग्राही संग दश हजार रुपिया घुस रिसवत लिएको अख्तियारको आरोप   अख्तियारले झाबाट रकम बरामद झा उपर दश हजार विगो कायम गरी सोहि ऐनको दफा () ()( ) बमोजिम सजाय हुन माग दावी लिई विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारद्वारा प्रकाशित बिज्ञप्तीमा उल्लेख छ।

Comments