Skip to main content
कांग्रेस बर्दियाले विकास आयोजनाहरुको अनगमन गर्ने
पी सी एन बर्दिया,३०जेठ । नेपाली कांग्रेस बर्दियाले विकास आयोजनाहरुको अनुगमन गर्ने भएको छ । जिल्लामा संचालित विकास आयोजनाहरुमा ढिलासुस्ती ,अनियमितता र गुणस्तरहिन कामहरु भएको भन्दै आयोजनाहरुको अनुगमन गर्ने निर्णय गरेको हो ।
शनिवार गुलरियामा सम्पन्न जिल्ला कार्य समितिको बैठकले प्राविधिक संचारकर्मी र विज्ञ समेतको सहभागिता हुने गरि जिल्लामा संचालित विकास आयोजनाहरुको अनुगमनका लागि समिति गठन गर्ने र सो को जिम्मा कार्यसम्पादन समितिलाई प्रदान गर्ने निर्णय गरेको छ ।
अनुगन समितिले जिल्लामा संचालित सडक,पुलपुलेसार कल्भर्ट तथा तटबन्धन सम्बन्धि आयोजनाहरुको स्थालगत अनुगमन गरि एक महिनाभित्र आफनो प्रतिवेदन जिल्ला कार्यसमितिमा पेश गर्नेछ ।
नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतमका अध्यक्षतामा गुलरियामा सम्पन्न बैठकले १३ औं महाधिवशेनका सन्र्दभमा गांउ,नगर,क्षेत्रिय र जिल्ला अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न आवश्यक वातावरण मिलाउने, भुकम्प पीडितहरुको सहयार्गाथ कृयाशील सदस्यहरुबाट जनही रु २५ उठाउने कार्य सम्पादन समितिको निर्णय अनुमोदन गर्ने र कांग्रेसको जिल्ला कार्यालय भवन जिल्ला अधिवेशन अगावै निर्माण कार्य सम्पन्न गर्न भवन निर्माण उपसमितिलाई निर्देशन दिने निर्णय समेत गरेको नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाटले प्रेस क्लब अफ नेपाललाई जानकारी दिनु भएको छ ।
जिल्ला कार्यसमितिको शनिवार गुलरियमा सम्पन्न जिल्ला कार्य समितिको बृहत बैठक संगै बर्दिया कांग्रेसमा १३ महाधिवेशनको सरगर्मी समेत शुरु भएको छ ।
केन्द्रिय कार्य समितिको फागुन ६गतेको निर्णय अनुसार साउन १४गते नगर ,वडा र गांउ अधिवेशन,साउन २२गते निर्वाचन क्षेत्रिय अधिवेशन र साउन २६गते जिल्ला अधिवेशनहरु हुनेछन् भने १३औं महाधिवेशन भदौ २४देखि २८सम्म काठमाण्डौमा हुनेछ ।
Comments
Post a Comment