जिल्ला उद्यम विकास रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

पी सी एन
बर्दिया,३१जेठ जिल्ला विकास समिति बर्दियाको आयोजना   लघु उद्यम विकास कार्यक्रमको सहयोगमा  जिल्ला उद्यम विकास रणनैतिक योजना तर्जुमा गोष्ठी सदरमुकाम गुलरियामा आईतबार सम्पन्न भएको
गोष्ठीमा एस डी सीका गोविन्द अधिकारीले प्रस्तुत गर्नुभएको प्रस्तुत गर्नुभएको प्रस्तावित योजनामाथि जिल्ला स्थित राजनैतिक दल,सरकारी निकाय गैर सरकारी संघ संस्थाहरुले समुहगत रुपमा सुझावहरु प्रस्तुत गरेका छन् प्रस्तावित योजनामा सामेल संभावना,अवसर समस्याहरु,उद्यम विकासको परिकल्पना पांच बर्षका लागि निर्धारण गरिएका लक्ष्य उदेश्यहरुमाथि समुहगत छलफल गरि सुझाव दिईएको हो।
सो कार्यक्रम जिल्ला विकास समिति बर्दियाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको अध्यक्षतामा  सम्पन्न भएको हो

राजनैतिक दल,सम्वद्ध संघ संस्था सरोकारवाला निकायहरुको सुझावका आधारमा एस डी सी को प्राविधिक सहयोगमा तैयार पारिएको जिल्ला उद्यम विकास रणनैतिक योजनालाई असार गते सार्वजनिक गरि आउदो बर्षको जिल्ला परिषद्बाट स्वीकृत गराई कार्यान्वयन गरिने जिल्ला विकास समिति बर्दियाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनु भयो

Comments