जिल्ला वन बर्दियाले मंगलबार र बुधवार विविध कार्यक्रमका साथ चुरे संरक्षण दिवस मनाउदै

पी सी एन
बर्दिया,१असार । जिल्ला वन कार्यालय बर्दियाले विविध कार्यक्रमका साथ चुरे संरक्षण दिवस२०७२ मनाउदैछ।
कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्ला विकास समिति गुलरियाको सभा हलमा चुरे संरक्षण दिवस मनाउन लागिएको हो ।
जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेले मंगलवार एक निमन्त्रणा पत्र पठाई बुधबार मध्यान्ह १२बजे हुने कार्यक्रममा सरिक जिल्लास्थित सरकारी गैर सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि,राजनैतिक दलका प्रमख तथा प्रतिनिधी र संचारसंग सम्बद्ध संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।
चुरे संरक्षण दिवसको उपलक्ष्यमा मंगलवार चुरे संरक्षण र हाम्रो भविष्य बिषयक गुलरिया नगरस्तरीय माध्यामिक विधालय स्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरिएको छ । सो प्रतियोगितामा ११जना बिधार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई रु पांहजार ,दोस्रो हुनेलाई तीनहजार र तेस्रो हुनेलाई दुईहजार पुरस्कार एंव प्रमाण पत्र बितरण गरिने सहायक जिल्ला वन अधिकृत श्यामबाबु लोपचनले जानकारी दिनुभयो ।
बुधबार चुरे संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट सामुदयिक वन , निजी वन लाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रेस क्लब अफ नेपालले जनाएको छ ।


Comments