बाढी पुर्व सुचना संयन्त्र सुदृढीकरण बैठक सम्पन्न

पी सी एन
बर्दिया,३असार बाढी पुर्व सुचनाका क्षेत्रमा विगत एक दशक देखि कृयाशील गैर सरकारी संस्था राधाकृष्ण थारु जनसेवा केन्द्र साझेदार निकायहरुले बर्दियाको गुलरियामा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र जलमापन केन्द्र बीच बाढी पुर्व सुचना संयन्त्र सुदृढीकरण बैठक कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको अध्यक्षतामा सम्पन्न बैठकमा प्रशासकीय अधिकृत डिल्लीराम आर्चाय, जिविस बर्दियाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ,राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ ,कोषाध्यक्ष यज्ञराज मजगैया,कर्णाली बेसिन कार्यालय नेपालगंजका प्रमुख गोविन्द झा ,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,प्राक्टिकल एक्शनका लोकनारायण पोखरेल, गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्याल लगायतले आफनो धारणा राख्नु भएको थियो
बैठकले बाढि पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाउन जिल्ला बाढी पुर्व सुचना कोष स्थापना गर्ने निर्णय समेत गरेको बाढी पुर्व उपलब्ध हुने सुचनाले बाढी बाट हुने क्षति न्युनीकरणमा ठुलो सहयोग पुग्ने भन्दै पुर्व सुचना कोष स्थापना गर्न लागिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो प्रमुख जिल्ला अधिकारी निजले तोकेको एक ब्यतिmको संयुक्त दस्तखतबाट संचालन हुने सो कोषमा रकम जम्मा  गर्न स्थानीय निकाय,संघसंस्था सरकारी निकायलाई बैठकले अनुरोध पनि गरेको सो रकम गेज प्रणाली सो को रेखदेख गर्ने ब्यतिmहरुको प्रोत्साहन भत्ता,स्थानीय मिडिया मार्फत सुचना प्रकाशन एंव प्रसारणका लागि खर्च गरिने

बैठकमा जिल्ला स्थित सशस्त्र,नेपाल प्रहरी नेपाली सेनाले बाढि पुर्व बाढिबाट प्रभावित ब्यतिmहरुलाई उद्धार गर्ने तैयारीका बारेमा जानकारी गराएका पेश गरेका थिए   

Comments