बर्दिया,१९जेठ । सिचाई मन्त्रालय जल उत्पन्न प्रकोप बिभागले बर्दियाको राजापुरमा स्थापना गरेको कर्णाली नदी नियन्त्रण आयोजनाबाट तटबन्धनका कार्य प्रभावकारी बन्दै गएका छन्।
आर्थिक बर्ष २०७१ ÷७२को दोस्रो महिना अर्थात भदौबाट कार्यालय खोलि फागुनमा सिचाई मन्त्री नारायणप्रकाश साउदले बिधिवत उद्घाटन गर्नुभएको आयाजनाले राजापुर क्षेत्रमा बर्षोदेखि कटान गर्दे आएको कर्णाली नदी नियन्त्रणका लागि तटबन्ध कार्य जारि राखेको छ।
चालु आर्थिक बर्ष २०७१÷ ७२को असार मसान्तभित्र कर्णाली नदीको किनारमा बिभिन्न ठांउमा गरि साढे चार कलिोमिटर तटबन्ध निर्माण गरिने र सो को लागि २२करोड बजेट बिनियोजन गरिएको आयोजना प्रमुख आत्माराम रायले बताउनुभयो ।
आयोजना प्रमुख रायका अनुसार कर्णाली नदीले कटान गरि क्षति पुरयाएका पाताभारको बनघुस्रामा डेढ किलोमिटर,राजापुरको टिहुनीमा ६सय मिटर,राजापुरकै मुर्गवामा १किलोमटिर ,सुर्यपटुवाको पथ्थरबोझीमा ५सय मिटर,कैलाली तर्फ टिकापुर नगरपालिकामा पर्ने शाहीपुरमा ६सय मिटर,मनाउको गुप्तीपुरमा ५सय मिटर तटबन्ध गर्नका लागि टेण्डर समेत भई काम धमाधम काम भईरहेको छ । आयोजनाले पाताभारको सन्नकट्टी घाटमा भने पुरानो तटबन्धलाई मर्मत गरि त्यसमा एक सय मिटर तटबन्ध थप पनि गर्नेछ ।
कर्णाली नदी नियन्त्रणका लागि काम धमाधम गरिरहेको आयोजनालाई बिबिध चुनौतिहरुको सामना गरिरहनु परेको आयोजना प्रमुख राय बताउनु हुन्छ ।
आयोजना प्रमुख रायका अनुसार बर्दिया राष्टिय निकुञ्जले पुरयाएको अवरोधका कारण मनाउको गुप्तीपुरमा ५सय मिटर तटबन्ध निर्माण कार्य भने ढिलो गतिमा संचालन भएको छ। हामीले निकुञ्जसंग शुरुदेखि नै समन्वय गरेपनि निकुञ्जे आयोजनास्थलमा मेसिन उपकरण लैजान नदिदा समस्या परेको उंहाको भनाइृ छ।
नदी नियन्त्रणको कार्य गुणस्तरीय होस बनेर मेसिनबाट बनेको जाली प्रयोग गरिरहेको आयोजनालाई भुकम्पपछि कम्पनिहरुले जाली नदिदा काममा अवरोध पुगेको छ । यस्तै कर्णाली नदीमा पानीको सतह बढेकाले पनि यस बर्षको काम समयमै पुरा गर्न समस्या देखिने आयोजनाले जनाएको छ ।
कर्णाली नदी नियन्त्रण आयोजनाका लगि सरकारले २जना डिई र ७ जना ईन्जिनयर पठाएपनि उंहाहरुका लागि एउटा मात्र सवारी साधन उपलब्ध गराएकोले भनेजति काम हुन नसकेको आयोजना प्रमुख राय बताउनु हुन्छ । उंहाका अनुसार आयोजनाका लागि कम्तिमा ४वटा चारपांग्रे सवारी साधन आवश्यक पर्दछ ।
२०७१को साउनबाट शुरु भएको ५बर्षे कर्णाली नदी नियन्त्रण आयोजना ०७६ असारमा सकिने छ ।
Comments
Post a Comment