गुलरियाको वडा नं १२ मा दादुरा विरुद्धको विशेष खोप अभियान सम्पन्न ,२हजार भन्दा बढिलाई खोप दिईयो

पी सी एन
बर्दिया, असार। बर्दियाको गुलरिया नगरपालिका वडा नं १२ गोडियनपुर्वामा दादुराले महामारीको रुपमा लिएपछि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले शनिवार त्यस क्षेत्रमा दादुरा विरुद्धको विशेष खोप अभियान सम्पन्न गरेको
दादुराका कारण गत साता गुलरिया नगरपालिका वडा नं १२ गोडियनपुर्वामा ५बर्षीया बालिका लक्ष्मी गोडियाको निधन हुनुका साथै त्यस ठाउका  ३१जना बालबालिकामा  संक्रमण देखिएको थियो
दादुरा बिरुद्धको विशेष खोप अभियान अन्र्तगत शनिवार गुलरिया नगरपािलका वडा नं १२ का टेपरी, गोडियनपुर,मथुरा,रामनगर,प्रयागपुर टोलका ९महिना देखि १५बर्ष सम्मका २हजार भन्दा बालबालिकाहरुलाई दादुरा विरुद्धको मिजल्स खोप दिईएको  जिल्ला स्वाथ्य  प्रमुख बृष बहादुर शाहीले जानकारी दिनुभयो
दादुरा विरुद्धको विशेष खोप अभियान लक्ष्य अनुरुप प्रभावकारी भए नभएको बुझन जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुंवर,सहायक प्रजिअ श्रीनाथ पौडेल,जिल्ला स्वास्थ्य प्रमुख बृषबहादुर शाही,रयापिड रेस्पोन्स टिमका फोकल पर्सन बालकृष्ण शर्मा,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,राप्रपा नेपालका अध्यक्ष गीता बस्नते ,अन्तर पार्टी महिला संजालकी संयोजक मिथिला फुंयाल,विश्व स्वास्थ्य संगठनका  डा. राहुल प्रधान जिल्ला अस्पताल गुलरियाका डां कौशर अलि लगायतले स्थलगत अनुगमन गर्नु भएको थियो
खोप अभियानका लागि ८जना भेक्सीनेटर,१५जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको आर आर टी का फोकल पर्सन बालकृष्ण शर्माले जानकारी दिनुभयो
प्रेस क्लब अफ नेपालसंगको कुराकानीमा जिल्ला स्वास्थ्य प्रमुख बृषबहादुर शाहीले भारतसंग सीमा जोडिएको सो क्षेत्रका बालबालिकाहरु पढन , आफन्त भेटघाट गर्न ,उपचार वा अन्य बहानामा भारत गएका बेला वा गांउघरैमा भएका बेला पनि दादुराको खोप प्रति कम चासो दिएकाले दादुराको खोप नलिएका बालबालिकाहरुमा दादुराको महामारी देखापरेपछि विशेष खोप अभियान संचालनगरिएको बताउनु भयो
सामान्यतया कुनै क्षेत्रमा एक महिनामा पांच जना सम्म दादुराको रोगी भेटिनुलाई सामान्य मानिन्छ तर एक हप्तामा ३१जनामा दादुराको संक्रमण भेटिएपछि त्यसलाई महामारी मानिएको हो
कुनै ब्यतिmलाई ज्वरो आउनु रातो डाबर वा विमिराहरु आउनु,खोकी लाग्नु वा नाकबाट पातलो सिगान बग्नु वा आंखा रातो हुनुलाई दादुरा भनिन्छ

यसबीच जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले शनिवार संचालन गरेको दादुरा विरुद्धको विशेष खोप अभियान सफल पार्न जनसहभागिता अभिबृद्धि गर्न राजनैतिक दल,नागरिक समाज,संचारमाध्यम,वडा नागरिक मञ्च,टोल विकास संस्था,गुलरिया नगरपालिका कार्यालय  समुदाय समेतले पुर्ण सहयोग गरेका थिए

Comments