जिल्ला कृषि विकास कार्यालयले बाढी प्रभावित किसानहरुलाई लक्षित गरि संचालन गरेको कार्यक्रमबाट बर्दियाका २५हजार ५सय घरपरिवार किसानहरु लाभान्वित

पी सी एन
बर्दिया,६असार जिल्ला कृषि विकास कार्यालय बर्दियाले गत बर्ष साउन २८देखि ३०गतेसम्म आएको बाढी प्रभावित किसानहरुलाई लक्षित गरि संचालन गरेको कार्यक्रमहरुबाट जिल्लाका २५हजार ५सय घरपरिवार किसानहरु लाभान्वित भएका छन्। कार्यक्रमबाट कार्यक्रमबाट अत्यधिक बाढि प्रभावित क्षेत्रका बानियाभार मगरागाडि बगनाहा पदनाहा धधवार नेउलापुर मोहम्मदपुर लगायत १४ गा वि वटा नगरपालिकाका बाढि पिडितहरुका लागि तत्काल राहत पुग्नुका साथै दिर्घकालीन सहयोग पनि पुगेको
प्रेस क्लब अफ नेपाल पी सी एन संगको कुराकानीमा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले  जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित  भए अनुसार घर  नोक्सानमा परेका १७हजार ५सय खेती वाली नोक्सानीमा परेका ८हजार किसानहरुको मांग अनुसारका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो।
कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालयले ४५ हेक्टर क्षेत्रफलमा  माछा पोखरी मर्मत गरेको भने ३सय ४२ मेटिक टन धानको बीउ बितरण गरेको यस्तै  ५हजार ३सय५५थान सिड विन २सय ७३ थान स्प्रेयर सय घरधुरीलाई शत प्रतिशत अनुदानमा तरकारी बीउ बितरण गरिएको
कार्यालयको ८० देखि ९० प्रतिशत बाढि पीडित स्थानीय समुदायको १० देखि २० प्रतिशत सम्म लगानीमा २९ वटा सिंचाइ कुलो तथा डुँड मर्मत, २सय ४५ वटा बोरिंग तथा पम्पसेट५० थान मोटर, स्थानमा हाट बजार टहरो मर्मत तथा निर्माण   एक स्थानमा आपतकालीन बीउ संरक्षण मचान निर्माण गरिएको अधिकृत श्रेष्ठले बताउनु भयो
कृषि विकास मंत्रालय कृषि विभागले बाढी पीडितहरुका लागि माघमा करोड लाख ३१ हजार बजेट विनियोजन भई आएकोमा  धानको बीउमा करोड ५९ लाख, माछा पोखरी मर्मत सुधारमा १८ लाख, कुलो डुँड मर्मत सुधारमा ७८ लाख ४० हजार, वोरिंग पम्पसेट तथा मोटर जडानमा करोड लाख, आपतकालिन बीउ संरक्षण मचानमा २० लाख, प्याज भण्डार तथा हाट बजार टहरोमा रु १० लाख खर्च भएको वरिष्ठ कृषि विकास अधिकृत हिक्मत कुमार श्रेष्ठले पी सी एन लाई बताउनु भयो
त्यसैगरी सिड विन वितरणमा ८० लाख, स्प्रेयरमा लाख ४६ हजार, तरकारी बीउ सहयोगमा लाख खर्च भएको छ। गत वर्षको साउनमा आएको बाढिले करिब ६हजार ५सय हेक्टर क्षेत्रफलमा लगाएको धानवालीमा क्षति पुगेको थियो
कार्यालयले राष्ट्रिय बीउ बिजन कम्पनी तथा गेट नेपाल स्थानीय सहकारीहरुबाट खरीद गरि राधा , सावित्री, मकवानपुर , तथा साँवा सब जातका धानको बीउ वितरण गरेको थियो जसबाट करिब ६हजार ५सय  हेक्टर भन्दा बढि क्षेत्रफलमा धानको बीउ पुगेको वाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी दिनु भयो बाढीपीडितलाई बितरण गरिएको धानको बीउबाट यस वर्ष उन्नत बीउको प्रतिस्थापन दर १५ प्रतिशतले बढ्नेछ करिब ३० हजार मेट्रिक टन धान उत्पादन हुने कार्यालयले जनाएको
बाढि पिडितकालागि सहयोग गरिएको सिंचाइ कार्यक्रमबाट करिब १हजार ५सय  हेक्टर क्षेत्रफलमा संरचना सुधार हुने वाली सघनता बढाउन सहयोग पुग्ने अधिकृत श्रेष्ठले बताउनु भयो।
त्यसैगरी बाढिबाट क्षति भएका २५० माछा पालक कृषकहरुले कार्यालयबाट अनुदान पाएका छन सिमान्तकृत तथा साना कृषकहरुलाई वितरण गरिएको सिड विनबाट हजार क्विन्टल भन्दा बढि बीउ सञ्चय गरेर राख्न सकिने कार्यालयले जनाएकोछ सय घर परिवारले वर्षे तरकारीको बीउबाट पोषणको अवस्थामा सुधार गर्नुका साथै आय आर्जन गर्न सहयोग पुग्ने वागवानी शाखाले जनाएको
यस अघि कृषि विकास कार्यालयको नियमित कार्यक्रमबाट २९ लाख कृषि विकास मंत्रालयको  दिर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय राहत कार्यक्रमबाट  २० लाख गरी ४९ लाख रुपिया  गहुँ, मसुरो लगायतका हिउदे वाली ,तरकारीको बीउ, सिड विन, माछा भुरा अनुदानमा खर्च भइ सकेको कार्यालयले जनाएको  

प्रेस क्लब अफ नेपालका अनुसार बाढी पीडितहरुका लागि कार्यक्रम संचालन गर्न कार्यालयले जना सब ओभरसियर जना प्राविधिक गरि ४जना कर्मचारी  करारमा राखी परिचालन गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिले कार्यक्रमको अनुगमन तथा निरीक्षणका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले राजनितिक दल, सञ्चारकर्मी, नागरिक समाज, गैसस महासंघ तथा विषयगत कार्यालय सहितको क्षेत्रगत रुपमा टोली तयार गरी जिम्मेवारी पनि दिएको  अनुगमन टोलीले स्थलगत अनुगमन गरि असार २५ गते सम्म जिल्ला दैवी प्रकोप उद्धार समितिमा आफनो प्रतिवेदन पेश गर्नेछ।

Comments