गुलरिया नगरपालिकाका कार्यकारी अधिृकृत न्यौपानेद्धारा महिला हिंसा न्युनीकरणका लागि ग्रामीण क्षेत्रमा काम गर्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई निर्देशन
बर्दिया,
८असार । गुलरिया नगरपालिकाका कार्यकारी अधिृकृत धर्मराज न्यौपानेले महिला हिंसा न्युनीकरणका लागि नगर क्षेत्रका ग्रामीण क्षेत्रमा कार्ययोजना बनाई काम गर्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई निर्देशन दिनुभएको छ । महिला माथि हुने हिंसा नियन्त्रणका लागि सरकारी गैर सरकारी निकाय मिली गांउगांउमा सचेतना अभियान र शिक्षा सम्बन्धि जागरण ल्याउनु पर्नेमा उंहाको जोड छ ।
गुलरिया
नगरपालिकाको सहयोगमा साथी बर्दियाले आयोजना गरेको महिला हिंसा न्युनीकरण सम्बन्धि एक दिने गोष्ठीलाई सोमवार गुलरियामा सम्बोधन गर्दे कार्यकारी अधिकृत न्यौपानेले शैक्षिक एंव भौतिक पुर्वाधारका हिसाबले केही प्रगति गरेको नगरपालिकाले महिला हिंसा लगायतका सामाजिक समस्यामा भने धेरै काम गर्न बांकी रहेको प्रष्ट पार्नुभयो ।
मधेशी
,मुसिलम तथा थारु आदिवासीको बाहुल्यता रहेको गुलरिया नगरपालिकामा महिलामाथि हुने हिंसा ,बालविवाह , मानव बेचबिखन , जातीय भेदभाव जस्ता प्रमुख सामाजिक समस्या रहेकाले समस्याको दीर्घकालिन समाधान हुने कार्यक्रम आवश्यक रहेको बताउदै कार्यकारी अधिकृत न्यौपानेले सामाजिक,आर्थिक र व्यापारिक रुपले पछाडि परेको गुलरिया नगरपालिकालाई अगाडि बढाउन नगरपालिकाले छिटटै नै पांच बर्षीय कार्ययोजना बनाई अघि बढने प्रतिबद्धता ब्यतm गर्नुभयो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले महिला हिंसा नियन्त्रण लागि
पुरुषहरुको भुमिका महत्वपुर्ण हुने बताउदै महिला हिंसा नियन्त्रणमा महिला र पुरुषको भुमिकाको बारेमा संचार माध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पुरुषहरुको भुमिका महत्वपुर्ण हुने बताउदै महिला हिंसा नियन्त्रणमा महिला र पुरुषको भुमिकाको बारेमा संचार माध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
साथी संस्था बर्दियाका अध्यक्ष शारदा सिंहले महिला सम्बनिध सवाललाई संचारमाध्यमले प्राथमिकता दिई महिला हिंसा नियन्त्रणका लागि काम गर्ने निकायलाई अझ बढि प्रोत्साहन दिन संचार माध्यमहरुलाई आग्रह समेत गर्नुभयो ।
साथी बर्दियाका अध्यक्ष शारदा सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,नेपाल पत्रकार महासंघका अध्यक्ष मीनराज शर्मा,प्रेस क्लब अफ नेपालका अध्यक्ष एंव पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष यमनाथ घिमिरे,प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारी,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भीम ठकुरी,पत्रकार महासंघकी सहसचिव मेनका चौधरी लगायतले बर्दियाका महिलाहरुको अवस्था र सरोकारवालाले खेल्नु पर्ने भुमिकाको बारेमा प्रकाश पार्नुभएको थियो।
Comments
Post a Comment