आचरण शुद्ध बनाएर काम गर्न नायब महानिरीक्षक अधिकारीको प्रहरीहरुलाई निर्देशन

पी सी एन
बर्दिया, ८असार नेपाल प्रहरीका नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले आचरण शुद्ध बनाएर काम गर्न मातहतको प्रहरीहरुलाई निर्देशन दिनुभएको
जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसरमा नव निर्मित ब्यारेक भवनको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गर्दे नायब महानिरीक्षक अधिकारीले जनतालाई उच्च प्राथमिकतामा राखि आचारण शुद्ध बनाएर जनताको काम छिटोछरितो  गर्न निर्देशन दिनुभएको हो
नव निर्मित ब्यारेक भवन सफा भए जस्तै  प्रहरीको मन आचरण सफा हुनुपर्दछ,आचरण शुद्ध बनाएर काम गर्नाले प्रहरी संगठनको प्रभावकारिता पनि बढ्छ ःउहाको भनाई थियो उंहाले आचरण शुद्ध बनाएर काम गरे जनताको विश्वास जित्न सजिलो भई प्रहरीलाई अपराधिक गतिविधी नियन्त्रण गर्न समाजमा शान्तिसुरक्षा बनाई राख्न मा ठुलो सघाउ पुग्ने बताउनुभयो

हालका दिनमा प्रहरी संगठन पनि चुस्त ,दुरुस्त प्रभावकारी बन्दै गएको बताउदै नायब महानिरीक्षक अधिकारीले प्रहरीहरुलाई भौतिक पुर्वाधारमा क्रमश आत्मनिर्भर बनाउदै लगेकोमा सरकारको प्रशंसा समेत गर्नुभयो
ब्यारेक उद्घाटन कार्यक्रममा भेरी अंचल प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले धन्यवाद ज्ञापन ,बर्दियाका प्रहरी प्रमुख गोविन्दराम परियार स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो

नेपाल सरकारको २करोड ९५लाख ४३हजार ८सय ३६ रुपियाको लागतमा बर्दियाको जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको सो ब्यारेक भवनमा ३२ क्याबिन रहेको प्रेस क्लब अफ नेपाल पी सी एनले जनाएको

Comments