गुलरिया नगरपालिकाले संचालन गरिरहेको आयोजनाहरु स्थलगत अनुगमन


पी सी एन्
बर्दिया ,९असार ठेकेदार स्थानीय उपभोक्ता मार्फत गुलरिया नगरपालिकाले संचालन गरिरहेको केही  आयोजनाहरु स्थलगत अनुगमन गरिएको
गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपाने,प्रेस क्लब अफ नेपालका अध्यक्ष एंव नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष यमनाथ घिमिरे,फुलबारी एफ एमका स्टेशन मेनेजर दिपक शर्मा लगायतको टोलीले  आयोजनाहरुको अनुगमन गरेको हो
टोलीले गुलरिया ६मा निर्माणधीन ल्याण्डफिल साईट,गुलरिया ११,१२,१३र १४को कालोपत्रे सडक,वी पी बन बाटिकादेखि थारु पर्सिया सम्मको सडक निर्माण तथा पुनैनिर्माण,गुलरिया गांउदेखि तुलापुर हुंदै ध्रुव उच्च मावि सम्मको सडक निर्माण तथा पुर्ननिर्माण आयोजनाहरुको अनुगमन गरेको हो
अनुमगनका क्रममा श्रीनिवास बर्मा प्रतिनिधि रहेको मल्ल कन्टक्शनले ८३लाख ६०हजार ३सय १७ रुपियाको लागतमा निर्माण सम्पन्न गर्ने कबोल गरेको ल्याण्डफिल साईड , बिनोद लोध अध्यक्ष रहेको उपभोक्ता समितिले ६०लाख लागतमा निर्माण सम्पन्न गर्ने कबोल गरेको कालेपत्रे सडक, श्रीनिवास बर्मा प्रतिनिधि रहेको मल्ल कन्टक्शनले ३८लाख ६८हजार ४सय ९६ रुपियामा निर्माण सम्पन्न गर्ने कबोल गरेको  थारु प्रसिया सडक ,भेषराज पौडेल प्रतिनिधि रहेको खडका कन्टक्शनले ३४लाख १७हजार ६सय ६६ रुपियाको लागतमा निर्माण सम्पन्न गर्ने नीलो आयलदेखिको थारु संगहालय सडक मर्मत तथा पुर्ननिर्माण भेषराज पौडेल प्रतिनिधि रहेको खडका कन्टक्शनले ४६लाख ७१हजार ७सय ६८ रुपियाको लागतमा निर्माण सम्पन्न गर्ने कबोल  गरेको गुलरियागांउ तुलापुर धु्रव उमाविसम्मको सडकको स्थलगत अनुगमन गरिएको हो
अनुगमनका क्रममा केही  ठेकदारहरुले सुस्त गतिमा  काम गरेको पाईएपछि समयमै गुणस्तरीय काम गर्न सम्पन्न गर्न सुझाव दिईएको

Comments