पी सी एन,२२जेठ । एउटै पृथ्वी सात अरब सपना दिगो उपभोग हाम्रो चाहना भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस २०१५ आज बर्दियामा विविध कार्यक्रम गरि मनाईदैछ ।
विश्व वातावरण दिवसको अवसर पारेर जिल्ला वन कार्यालयले तुलापुर चोकदेखि राधाकृयण चोक हुदै जिविस चोकसम्म प्लाष्टिकजन्य फोहोरमैला संकलन गरेको छ । सोही अवसरमा गुलरिया बजारका बिभिन्न बजारमा १०वटा डस्टबिन समेत राखिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले प्लास्टिक जन्य फोहर संकलन गरि र तुलापुरमा डस्टबिन राखि डस्टबिन राख्ने कार्यक्रमको शुरुवात गर्नुभएको जिल्ला वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो । कार्यक्रमा जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे,गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा विश्वभरी मनाउने प्रचलन छ । बर्दियामा बिहीबारबाटै बिविध कार्यक्रम गरि विश्व वातावरण दिवस मनाईदै छ ।
उता सुर्यपटुवा ७ को ओराली बजारमा रहेको जैबिक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्र —कोकोफले बिविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको अध्यक्ष कृष्ण परियारले जानकारी दिनुभयो । केन्द्रले हिजो जेठ २१गते सुर्यपटुवा ,सानोश्री र ढोढरी गाविसका सबै गांउहरुमा सरसफाई गरेको छ भने आज शुक्रबार खाता समन्वय समितिको कार्यालयमा प्रवचन,सांगितिक कार्यक्रम तथा वन हेरआलुहरुलाई सम्मान कार्यक्रम गर्देछ ।
वातावरण दिवसको पुर्व सन्ध्यामा बिहजो केन्द्रको पहलमा बिहीबार सानोश्री ,ढोढरी र सुर्यपटुवाका दर्जनौ गांउ तथा सडकहरु सफा गरिएको छ ।
खाता लगायत देशका प्रमुख जैविक मार्गको संरक्षण गरी जनताको दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको संस्था कोकोफले स्थानीय खाता समन्वय समिति ,डल्ला होमस्टे व्यवस्थापन समितिसंग मिलेर भोलि शनिवार निःशुल्क कान शिविर र रक्तदान कार्यक्रम गर्न लागेको अध्यक्ष कृष्ण परियारले जानकारी दिनुभयो ।
खाता क्षेत्रको जैविक तथा सांस्कृतिक बिविधताको संरक्षण , पर्यटन प्रर्वद्धन ,उपभोक्ता समुहहरुको सुशासन तथा संस्थागत बिकास, बन्यजन्तुहरुको चोरी शिकारी र अबैध ब्यापार नियन्त्रणका प्रभावकारी भुमिका खेल्दै आएको केन्द्रले वातावरण संरक्षणका लागि रचनात्मक कार्य पनि गर्दे आईरहेको छ ।
Comments
Post a Comment