पी सी एन
बर्दिया,११ असार । अविरल बर्षाका कारण मध्य पश्चिमका बर्दिया,बांके ,जुम्ला जिल्लाका विभिन्न क्षेत्रमा क्षती पुगेको छ । अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढदो छ भने बबई नदीमा भने पानीको सतह घटदो रहेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह ५.८५मीटरबाट बढेर ६.८५मिटर पुगेको जल मापन केन्द्र चिसापानीकी गेज रिडर पार्वती गुरुंगले बताउनु भयोे। अहिले डराउनु पर्ने स्थििती भने छैन तर आकाशको पानी नरोकिदासम्म भन्ने सजगता अपनाउनु पर्ने उहांको भनाई छ । कर्णालीमा १०मीटर पुगेमा सर्तकर्ता अपनाउनु पर्दछ भने ११मीटरलाई खतराको तह मानिन्छ ।
बबई नदीको चेपांगमा रहेको जलमापन केन्द्रका गेज रिडर मोहनलाल जोशीका अनसार चेपांगमा राखिएको पानी नाप्ने यन्त्रले बबई नदीमा पानीको बहावको घटीरहेको देखाएको छ ।बबई नदीमा बिहान पानीको सतह ३.८० रहेकोमा अहिले ३.२०मा झरेको छ । नदीमा पानीको बहाव ६.५ मिटर पुगेपछि खतरा मानिने उनको भनाई छ । बबई नदीको मुख्य मुहान क्षेत्र मानिने दांग जिल्लामा खासै ठुलो बर्षा नभएकाले बबई नदीको स्थिति सामान्य रहेको जोशीको भनाई छ ।
अविरल बर्षाका कारण बर्दियाको गुलरिया,जयनगर,ककौरा,छेदिया,महम्मदपुर,मैनापोखर लगायतका अधिकांश क्षेत्र र बांकेको बाँकेको नेपालगञ्ज र आसपासका गाउँ जलमग्न भएका छन्। अविरल बर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बर्दियाको ककौरा चोकमा पानी जमि यातायात सेवा समेत प्रभावित भएपछि राजमार्ग खनेर पानी बगाई यातायात सुचारु गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले बर्षाका कारण क्षति हुन पुगेको बिभिन्न स्थानमा प्रहरी परिचालन गरि उद्धार गरेको डिआई जी केशव अधिकारीले बताउनु भयो । अबिरल बर्षाको कारण बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ खल्लागाउ सुकुम्बासी टोलमा ४वटा घरमा मानखोलाको ३ फिट जति पानी पानी पसेपछि प्रहरी निरीक्षक श्यामजंग शाहको नेतृत्वमा प्रहरी खटाई मानिस हरुलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।
बर्षाले हिरमिनिया १ भंगोतना नाकामा भारतद्धारा बनाएको सडकका कारण पानी निकाशा नभई डुवान हुने सम्भावना रहेपछि ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट प्रहरी नायब निरीक्षक जयधन सिंह धामीको कमाण्डमा ५ जनाका खटि भारत मुन्सीपुरुवा एस एस बी क्याम्प संग समन्वय गरी २ वटा कलभट स्काइ भेटरले खोली पानी निकाशा गरिएको छ । हाल सो क्षेत्रको अवस्था सामान्य रहेको छ ।
अबिरल बर्षाको कारण बाँकेको सितापुर ४ स्थित नेपालगंज गौघाट सडक खण्डमा रहेको ३ वटा कलभर्ट थुनिएर ३ र ४ वटा घरमा पानी पसेको थियो । पानी पसेको खबर प्राप्त हुदा साथ प्रहरी सहायक निरीक्षक दिल कुमार बस्नेतको कमाण्डमा ५ जनाको टोली त्यस तर्फ पठाई उद्धार गरिएको छ ।
अबिरल बर्षाको कारण जुम्लाको लाम्रा ८ धौलापानीमा रहेको बचत तथा ऋण सहकारी संस्थाको २ तले माथिल्लो कोठाको दक्षिण तर्फको देवाल भत्कन गई आंशिक रुपममा क्षति भएपछि प्रहरी चौकी हाँकु प्रहरी सहायक निरीक्षक धर्म बुढाको कमाण्डमा ५ जनाको टोली त्यस तर्फ खटाईएको छ ।
हिजो बेलुकादेखि बर्षा अहिले केही बेर यता भने रोकिएको छ । स्थानीय प्रशासन एंव जिल्ला दैवि प्रकोप उद्धार समितिले बांके,बर्दिया ,सुर्खेत,कैलाली,कंचनपुर लगायतका जिल्लामा बर्षा नरोकिएसम्मका लागि नदीमा पानीकोे बवाह बढन सक्ने भन्दै नदी किनारका बस्तीमा विशेष सजगता अपनाउन सबैलाई अनुरोध गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले जानकारी दिनुभयो ।बाढीको संभावना र खतराबारे मौसम विभागले पनि विश्लेषण गर्दै सम्बन्धित जिल्लाका प्रशासन र सुरक्षा निकायलाई जानकारी दिएको छ । स्थानीय तहमा प्रभावित हुनसक्ने जनसंख्यालाई पनि सर्तक हुन सूचना दिई सकिएको छ । कञ्चनपुर, दार्चुला, डडेलधुरा लगायतका क्षेत्रमा खतराका सूचना स्थानीय रुपमा जारी भइसकेको छ ।
Comments
Post a Comment