Skip to main content
बर्दियामा थप ९२ परिवार मुक्त कमैयाहरुले सरकारबाट जग्गा पाउने
पी सी एन
बर्दिया,१४असार । सरकारी लक्ष्य अनुसार बर्दिया जिल्लाका थप ९२ परिवार मुक्त कमैयाहरुले जग्गा पाउने भएका छन्। यो संगै यस बर्ष बर्दियामा जग्गा प्राप्त गर्ने मुक्त परिवारहरुको संख्या ९सय पुग्ने छ ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको अध्यक्षतामा सोमवार जिल्ला भुमिसुधार कार्यालय गुलरियामा बसेको जग्गा खरिद तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि प्रेस क्लब अफ नेपाल (पी सी एन )संगको साक्षात्कारमा जिल्ला भूमिसुधार अधिकारी नरहरि तिवारीले ढोढरी,सानोश्री,खैरिचन्दनपुर गाविस तथा गुलरिया र सानोश्री ताराताल नगरपालिकाका ९२ घर मुक्त कमैयालाई प्रति परिवार डेढलाख मुल्यमा बढि जग्गा उपलब्ध गराईने निर्णय भएको बताउनु भयो ।
समितिले जग्गा धनीहरुबाट प्रस्ताव आवहान गरेकोमा कम मुल्य पर्ने र मापदण्ड पुगेका उपयुक्त जग्गा जग्गा धनीहरुबाट खरिद गरि मुक्त कमैयाहरुलाई बितरण गर्ने निर्णय गरेको हो । समितिले कसको कति जग्गा खरिद गरेर कुन ठाउका कति मुक्त परिवारलाई बितरण गर्ने भन्ने निर्णय समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल,प्रमुख मालपोत अधिकृत अमृतलाल कर्माचार्य,जिल्ला भूमिसुधार अधिकारी नरहरि तिवारी,नापी अधिकृत दयानन्द जोशी, प्रमुख कोष नियन्त्रक शिवराम भट्टराई मुक्त कमैयाका प्रतिनिधिहरु बिन्तीराम चौधरी र दुखराम थारु लगायतको उपस्थिति रहेको थियो।
Comments
Post a Comment