सार्वजनिक निकायहरुले अवलम्बन गर्दै आईरहेको नीति तथा कार्यक्रमहरू कागजी रुपमा मात्रै आकर्षक र नागरिकमैत्री देखिएकोे अख्तियार प्रमुख कार्कीको भनाई


पी सी एन,२०जेठ । अख्तियार दुरुयपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले  अधिकांश सार्वजनिक निकायहरुले हाल अवलम्बन गर्दै आईरहेको नीति तथा कार्यक्रमहरू कागजी रुपमा अत्यन्तै आकर्षक र नागरिक
मैत्री देखिएता पनि व्यवहारिक रुपमा तदनुरुप नहुने गरेको बतााउनु भएको छ ।
सोमवार आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालय भवनको शिलान्यास कार्यक्रम ,क्षेत्रीय कार्यालयको निरिक्षण तथा निर्देशन र  मध्यक्षेत्रका सरकारी कार्यालयहरुका प्रमुखहरूसंग भेटघाटका क्रममा प्रमुख आयुतm कार्कीले सो कुरा बताउनु भएको हो । 
स्थानियस्तरमा नागरिक समाज, सञ्चार जगत लगायत अन्य सरोकार निकायहरुसंग अन्तरक्रिया एवं नियमित सम्पर्क गरि कार्य गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन दिदै प्रमुख आयुतm कार्कीले सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवामा हुने गरेका निर्णयगत ढिलाई, अनियमितता एवं भ्रष्टाचार जन्य कार्यहरुका विरुद्ध सत्य र यथार्थपरक सूचना तथा उजुरीहरु प्राप्त गर्ने वातावरण श्रृजना गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।उंहाले आयोगको गन्तब्य र सार्वजनिक निकायहरूको लक्ष्य अन्तत सामाजिक न्याय, सुशासन र विकास नै भएकोले सबै तहमा समन्वयात्मक ढंगले काम गर्न समेत निर्देशन दिनु भयो ।
त्यस अवसरमा उंहाले जनताले सार्वजनिक निकायहरुबाट पाउनु पर्ने सेवा तथा वस्तुहरू सहज प्रक्रियाबाट प्राप्त गरी सामाजिक न्याय एवं सुशासन अनुभूत गर्न सकुन भन्ने कुरालाई सदैव शिरबिन्दुमा राखि कार्य गर्न निर्देशन पनि दिनुभयो । 
सेवाग्राहीहरूले विद्यमान कानून र निर्दिष्ट विधि अनुसार सार्वजनिक निकायहरूबाट प्राप्त हुने सेवा तथा वस्तुहरू सहजै प्राप्त गर्ने वातावरण श्रृजना हुन सकेमा मात्र आयोगमा रहेर आम नागरिकहरूको हक हितमा कार्य गर्न पाएको अवसर र समय आफ्नो व्यवसायीक जीवनकै महत्वपूर्ण र अविष्मरणीय हुने हुँदा आयोगको केन्द्रीय, क्षेत्रीय र सम्पर्क कार्यालयहरू बीच अनुकरणीय सम्बन्ध र समन्वय राखी पूर्ण ईमान्दारी र व्यावसायीक निष्ठाका साथ कार्य उंहाले निर्देशन दिनुभयो ।
उंहाले सार्वजनिक निकायमा हुने गरेको ढिलासुस्ती र अनियमितमालाई  रोक्न आयोगले अख्तियार गरेको दण्डात्मक प्रवद्धर्नात्मक  र निरोधात्मक सबै रणनीतिहरुमा उत्तिकै उत्साहित र सक्रिय भएर आम नागरिकहरूका पक्षमा कार्य गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो। 
वैशाख १२ गते र त्यस यताका दिनहरूमा नेपालका विभिन्न भागमा गएको महाविनासकारी भूकम्पले यस क्षेत्र अन्तर्गतका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, काभ्रे लगायतका जिल्लाहरूमा व्यापक धनजनको क्षति पुर्याएको प्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले पीडितहरूको उद्धार, राहत एवं पूनःनिर्माण कार्यमा सबैले संवेदनशिल भएर लाग्नु पर्ने बताउनु भयो । एक प्रसंगमा प्रमुख आयुतm कार्कीले भारतसंगको व्यापारिक नाका र देशको विभिन्न औद्योगिक प्रतिष्ठानहरू समेत रहेको हेटौडा क्षेत्रले मुलुकको आर्थिक क्रियाकलापमा विषेश महत्व राख्ने हुंदा त्यस तर्फ समेत सचेत र संवेदनशिल भई आआफ्नो भूमिकालाई अझ सशक्त बनाउनु पर्ने सरकारी कर्मचारीहरुलाई सुझाव दिनु भयो ।


सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य क्रियाकलाप, अनियमितता एवं ढिलासुस्ती बारे अनुगमन, अनुसन्धान, अभियोजन एवं नियमन गर्नका साथै आम नागरिक एवं सेवाग्राहीहरू प्रति जवाफदेहिताको विकास गरि सुशासन प्रवर्धन गर्ने उदेश्यले आयोगले क्षेत्रीय तथा सम्पर्क कार्यालयहरुको स्थापना अख्तियार प्रमुख कार्कीको भनाई छ ।

Comments