पी सी एन,२१जेठ । यातायात व्यवसायीको ३ खर्व भन्दा बढी लगानी रहेको सार्वजनिक यातायात क्षेत्रलाई सरकारले भनेजति सहयोग नगरेकोमा यातायात व्यवसायीहरुले आपतिm जनाएका छन् ।
बर्दिया कृष्णसार यातायात व्यवसायी संघ प्रधान कार्यालय गुलरियाको छैठौ अधिवेशन तथा वार्षिक साधरण सभाको उद्घाटन समारोहमा गुलरियामा बोल्दै यातायात व्यावसायीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेशप्रसाद भण्डारीले राजनैतिक दल र सरकारले भनेजति सहयोग नगर्दा यातायात व्यवसाय पनि पछाडि परेको बताउनु भयो । शत प्रतिशत सरकाले लगानी गर्नुपर्ने क्षेत्रमा यातायात व्यवसायीले गरेको लगानीलाई पनि सरकारले संरक्षण,सम्वद्र्धन र प्रर्वद्धन गर्न नसकेकोमा दुःख ब्यतm गर्नुभयो । यातायातको क्षेत्रलाई तहसनहस बनाउन चारैतिरबाट प्रहार भएको बताउदै यातायात व्यवसायी एकजुट भई समस्याको सामना गर्दै सरकारलाई दवाब दिनुपर्ने अध्यक्ष भण्डारीको धारणा छ ।
बर्दिया कृष्णसार यातायात व्यवसायी संघ प्रधान कार्यालय गुलरियाका अध्यक्ष शम्भुप्रसाद रिजालले अनेको कठिनाईका बाबजुद यातयात ब्यवसायीहरुले हरहमेशा यात्रुहरुको हितलाई ध्यानमा राखि कार्य गरिरहेको बताउनु भयो । उंहाले आफनो कार्यकालमा संघको भवन निर्माण र संस्थागत विकासका अनेकौ कार्य भएको भन्दै यातायात व्यवसायीको हकहितमा आफुले धेरै कामहरु गरेको प्रष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल यातयात व्यवसायी महासंघका महासचिव सरोज सिटोला,वरिष्ठ उपाध्यक्ष डोलराज खनाल,उपमहासचिव डेकनाथ गौतम,पुर्व वरिष्ठ उपाध्यक्ष दधि खरेल र बर्दिया कृष्णसार बर्दिया कृष्णसार यातायात व्यवसायी संघका पुर्व उपाध्यक्ष ईन्द्रकुमार श्रेष्ठ लगायतले यातायात क्षेत्रका विविध समस्याका बारेमा आफना धारणा राख्नुभएको थियो ।
Comments
Post a Comment