अमृता के सी
पी सी एन,२४ जेठ । उच्च माध्यामिक शिक्षा परिषदबाट जारि १२ कक्षाको परिक्षामा बाँकेमा एक नक्कली परिक्षार्थी पक्राउ परेका छन् । लक्ष्मी उच्च मा वि कोहलपुर २ बर्दहवा परिक्षा केन्द्रमा आफ्ना दाजुको नामबाट परिक्षा दिईरहेका निर्मल पाण्डे पक्राउ परेको केन्द्राध्यक्ष बद्रि सापकोटाले बताउनु भयो।
नक्कली परिक्षार्थी निर्मल पाण्डेलाई कमल पाण्डेको नामबाट परिक्षा दिईरहेको अबस्थामा पक्राउ गरिएको जनाईएको छ । शंकास्पद व्यवहार गरे पछि जाँच पडताल गर्दा नक्कली परिक्षार्थी पाण्डेले आफ्ना दाजु कमल पाण्डेको नामबाट परिक्षा दिएको स्विकार गरेका छन् । दाजुभाई दुवैलाई प्रहरीलाई जिम्मा लगाईएको केन्द्रका केन्द्राध्क्ष सापकोटाले बताउनुभयो । सशस्त्र प्रहरी जवान कमल पाण्डे कक्षा १२ को आंशिक तर्फका अनिवार्य अंग्रेजी बिषयका परिक्षार्थी हुन् । उनी सशस्त्र प्रहरी बल त्रिपुरागणमा प्रहरी जवानका रुपमा पनि कार्यरत छन्।
घटना बारे समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई समाचार संकलन गर्न र तस्बिर लिन समेत प्रहरीले रोक लगाएको थियो । घटना पश्चात पुगेका ईप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले फोटो खिच्न रोक लगाएको संचारकर्मीहरुले बताए । नक्कली परिक्षार्थी प्रकरणमा सशस्त्र प्रहरीका जवान नै दोषी देखिएपछि प्रहरीले घटना लुकाउन समाचार संकलनमा रोक लगाएको संचारकर्मीहरुको आरोप छ ।
उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र अधिकारीले भने कमल पाण्डेको परीक्षा रद्ध गरिने बताउनु भएको छ ।
Comments
Post a Comment