बर्दिया जिल्लावासीहरुमा उच्च सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिको आग्रह

पी सी एन
बर्दिया,१०असार   जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले आज बिहीबार दिउंसो एक सार्वजनिक सुचना जारि गरि भारी बर्षा हुन सक्ने भन्दै बर्दिया जिल्लावासीहरुमा उच्च सजगता  अपनाउन आग्रह गरेको
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला दैवी प्रकोप उद्धार समितिका  अध्यक्ष बिनोदबहादुर कुँवरले स्थानीय संचार माध्यमलाई सुचना सम्प्रेषित गरि असार १० गते बिहीबार ११गते शुक्रबारका दिन भारी बर्षा हुन सक्ने सम्भाबना भएकोले सम्पुर्ण जिल्लाबासीहरुमा उच्च सजकता अपनाउन अनुरोध गर्नुभएको हो उंहाले सो सम्बन्धि सुचना प्रचार प्रसार गरि सहयोग  गर्न सम्पुर्ण संचार माध्यमहरुलाई अनुरोध समेत गर्नुभएको

प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष कुंवरले आकस्मिक स्थितिमा नजिकको प्रहरी इकाई वा संचार माध्यमहरुमा फोन गर्न आग्रह गर्नुभएको प्रहरी वा संचारमाध्यमहरुमा मात्र नभई  आकस्मिक स्थितिमा प्रमुख जिल्ला अधिकारीको मोबाईल नम्बर ९८५८०३७७७७,प्रहरी उपरीक्षक को मोबाईल नम्बर ९८५८०३५५५५,नेपाल रेडक्रसको मोबाईल नम्बर   ९८४८०३२७४९,९८५८०३२७४९ आपतकालिन कार्य संचालन केन्द्र गुलरियाको मोबाईल नम्बर  ९८५७८९०६९९ मा पनि फोन गर्न सर्वसाधरणहरुलाई अनुरोध गर्नुभएको

Comments