बर्दिया,१असार । नेपाल पत्रकार महासंघ बर्दिया शाखा छाता संगठनको रुपमा प्रस्तुत हुन नसकेको बताउदै क्रान्तिकारी पत्रकार संघ बर्दियाले महासंघलाई साझा संगठनको रुपमा प्रस्तुत भई जिम्मेवार हुन सचेत गराएको छ ।
क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भीम उचै ठकुरी र सचिव गोविन्द चौधरीले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरि नेपाल पत्रकार महासंघको हालको गतिविधि प्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ साझा संगठन भएकाले आगामी दिनमा सबै पत्रकारको पेशागत हितमा महासंघको बिधान बमोजिम अघि बढन जरुरी ठानेका छौ ः क्रानितकारी पत्रकार संघले प्रकाशित गरेको बिज्ञप्तीमा भनिएको छ।
स्थानीय मिडिया— एफ एम ,पत्रपत्रिका लगायत संचार माध्यमहरुलाई सरकारी कार्यालहरुबाट प्राप्त हुने बिज्ञापन एंव सुचनाहरु समानुपातिक एंव न्यायपुर्ण तरिकाबाट बितरण गर्न पत्रकार महासंघले साझा भुमिका प्रर्दशन गर्नुपर्ने बताउदै क्रान्तिकारी पत्रकार संघले जिल्लाको पत्रकारिता क्षेत्रको विकास गर्न साझा ढंगबाट अघि बढन सबैको दायित्व भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ प्रति हुने टिका टिप्पणी र आलोचनाबाट महासंघ मुक्त हुन जरुरी रहेको क्रान्तिकार िपत्रकार संघको भनाई छ ।
Comments
Post a Comment