बर्दियालाई जेठ २९गते खुला दिशामुक्त जिल्ला घोषणा गरिदै,सम्पुर्ण तैयारीहरु पुरा हुंदै


पी सी एन,२२ जेठ लक्ष्य भन्दा पांच महिना अघि तराईको पहिलो नेपालको २४औं जिल्लाको रुपमा बर्दियालाई यहि जेठ २९ खुला दिशामुक्त जिल्ला घोषणा गरिदैछ घोषणा कार्यक्रमलाई सभ्य भव्य बनाउन ब्यापक तयारीहरु गरिएका छन्। बर्दियालाई सन् २०१५को अन्तिमसम्म खुला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको थियो।
जिल्लाका सम्पुर्ण २० गाविस नगरपालिकाहरु खुल्ला दिसा मुक्त भई क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुगमन गरी अनुमति प्रदान गरे पछि खुल्ला दिशा मुक्त घोषणा हुने बाटो खुलेको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक स्थानीय विकास अधिकारी डिल्लिराम सिग्देलले बताउनुभयो
 मंगलबार बसेको क्षेत्रीय स्तरको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले बर्दिया जिल्ला खुल्ला दिशा मुक्त घोषणा गर्न  अनुमति प्रदान गरेपछि खुल्ला दिशा मुक्त जिल्ला घोषणा हुन लागेको हो क्षेत्रिय टोलीले जेठ १३,१४ १५ गते बर्दियाका जिल्लाको सरसफाईको अवस्थाको बारे स्थलगत अनुगमन समेत गरेको थियो
बर्दियालाई तराईको पहिलो खुल्ला दिशामुक्त जिल्ला बनाउने कार्य जटिल चुनौती भएपनि सबै पक्षको सहयोगले लक्ष्य भन्दा ५महिना अघि नै खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने काम संभव भएको  संयोजक एंव स्थानीय विकास अधिकारी सिग्देलले बताउनु भयो उंहाले जेठ २९गते हुने घोषणा कार्यक्रममा सरिक हुन सम्पुर्ण जिल्लावासीहरुलाई आग्रह गर्नुभएको
 खुला दिशा जिल्ला घोषणा कार्यक्रमको तयारीका कम्रमा अथितिहरु आमन्त्रण गर्ने, मिडियाबाट प्रचारप्रसार गर्ने ,बजेटको बांडफांड सरोकारवाला संघसंस्थाहरु बीच जिम्मेवारी बाँडफाँड लगायतको काम पुरा भएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव अर्जुनकुमार बमले बताउनुभयो
बर्दियालाई तराईको पहिलो खुला दिशामुतm जिल्ला घोषणाको तैयारीमा लागेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिले खुला दिशामुतm जिल्ला घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति सुशील कोईरालालाई आमन्त्रण गर्ने निर्णय गरेको  प्रधानमन्त्रीको कार्यब्यस्तता भए उपप्रधान मन्त्री एंव एमाले उपाध्यक्ष बामदेव गौतमलाई बोलाउने निर्णय भएको  जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिका सदस्य सचिव एंव जिल्ला खानेपानी सब डिभिजन कार्यालय बर्दियाका प्रमुख अर्जुनकुमार बमले जानकारी दिनुभयो
यसै बीच संचार संग सम्बद्ध संस्थाका प्रमुखहरुले बर्दिया जिल्लालाई खुला दिशामुक्त घोषणा कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न सबैमा अनुरोध गरेका छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष मिनराज शर्मा,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारी,प्रेस चौतारीका अध्यक्ष मानबहादुर चौधरी क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भीम ठकुरीले खुला दिशामुक्त अभियान बारे आफनो संचार माध्यमहरुमा कभरेज बढाउन सबैलाई  अनुरोध गर्नुभएको

Comments