बर्दिया तराईकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा

पी सी एन,२९ जेठ बर्दियालाई तराईकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको  
जिविस परिसरमा शुक्रबार आयोजित  एक भव्य कार्यक्रममा उपप्रधान एंव गृहमन्त्री बामदेव गौतम जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समिति बर्दियाका अध्यक्ष एंव स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले जिल्लालाई तराईकै पहिलो नेपालको २४औ खुला दिशामुक्त जिल्ला घोषणा गर्नुभएको हो।
सरसरफाई गुरुयोजना २०६८को मर्म एंव सन् २०१५ भित्र बर्दिया जिल्लालाई खुला दिसामुक्त बनाउने जिल्लाको सरसफाई रणनैतिक कार्ययोजना अनुसार जिल्लालाई तराईकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समिति बर्दियाका अध्यक्ष एंव स्थानीय विकास अधिकारी  सिग्देलले बताउनु भयो सम्पुर्ण सरोकारवालाको निरन्तर समन्वय,सहकार्य सहयोगका कारण जिल्लालाई तराईकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्न सफल भएको उंहाको भनाई
जिल्लामा शत प्रतिशत घरधुरीमा आधारभुत सरसफाई  सुविधाको पंहुच संभव भएपछि क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समितिले जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न अनुमति प्रदान गरेको थियो
उपप्रधान एंव गृहमन्त्र िबामदेव गौतमले खुला दिसामुक्त जिल्ला घोषणा गरेर तराईको पहिलो जिल्ला बनेको बर्दियाले सामाजिक ,आर्थिक   पुर्वाधर विकासमा समेत अग्रणी भुमिका खेल्नुपर्ने बताउनु भयो। उंहाले खुला दिशामुक्त भएको बर्दिया जिल्ला मदिरा,जुवातास,महिला हिंसा समेतबाट मुक्त भई देशको पहिलो जिल्ला हुन शुभकामना दिनुभयो
घोषणा कार्यक्रममा सभासद,जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी गैर सरकारी निकाय,सर्वसधारण महिला ,बृद्धबृद्धा ,युवा बिद्यार्थी समेतको सहभागिता थियो

नेपाल पत्रकार महासंघका अध्यक्ष मिनराज शर्मा,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारी,प्रेस चौतारीका अध्यक्ष मानबहादुर चौधरी क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भीम ठकुरीले खुला दिशामुक्त जिल्ला घोषणा गरेकोमा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समिति बर्दिया सम्पुर्ण जिल्लावासीहरुमा बधाई एंव शुभकामना दिनुभएको कार्यक्रममा बिभिन्न सांस्कृतिक नांचहरु समेत प्रस्तुत गरिएका थिए। 

Comments