पी सी एन
बर्दिया,१२असार । परिवर्तन दलित महिला बचत तथा ऋण सहकारी संस्थाले सरोकारवाला सहितको अनुगमन कार्यक्रम सम्पन्न भएको छ । अनुगमन कार्यक्रममा जिल्ला बिकास समिति, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला सहकारी कार्यालय, दलित सेवा सँघ बर्दिया, प्लान नेपाल लगायतका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । अनुगमन कार्यक्रममा संस्थाले गरेको कामहरुलाई प्रशंसा गर्दै आय आर्जनबाट आम्दानी गर्नका लागी पुजी बृद्धि गर्न तर्फ ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए । आर्थिक तथा प्रगती प्रतिबेदन पेश गर्दे संस्थाकी व्यवस्थापक लक्ष्मी तिवारीले परिवर्तन दलित महिला बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७१।७२ मा ३ लाख ४५ हजार ९ सय ५४ रुपैया आम्दानी गरेकोमा २ लाख ६७ हजार ५ सय ८६ रुपैया खर्च भएको जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष भुमि बिकको सभापतित्वमा भएको थियो ।
Comments
Post a Comment