बर्दियाको खेलकूद क्षेत्रको विकासका लागि सरकार,स्थानीय निकाय ,स्थानीय राजनैतिक दल र मिडियाले विशेष प्राथमिकतामा दिनु पर्ने कार्यालय प्रमुख चन्दको भनाई
बर्दिया ,१०असार । बर्दिया जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले धेरै संभाव्यता बोेकेको र राष्ट्रिय स्तरमा कीर्तिमानी राखेको बर्दियाको खेलकूद क्षेत्रको विकासका लागि सरकार,स्थानीय निकाय ,स्थानीय राजनैतिक दल र मिडियाले विशेष प्राथमिकतामा दिनु पर्ने बताउनु बताउनु भएको छ ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा प्रमुख चन्दले बर्दियामा खेलकुदको संभाव्यता धेरै भएपनि राजनैतिक दल,सरकार,स्थानीय निकाय र मिडियाले दिनुपर्ने जति प्राथमिकता नदिएका कारण बर्दियामा खेलकूदको विकास सोचेजति नभएको बताउनु भएको छ ।
बर्दियामा खेलकूदको संभावना प्रशस्तै छ यस बर्षको राष्ट्रिय खेलकूद प्रतियोगितामा एथलेटिक्स तर्फ बर्दियाकी प्रमिला चौधरी प्रथम भई कीर्तिमान कायम राखिन गत बर्षपनि बर्दियाकी सरस्वती चौधरी एथलेटिक्समै प्रथम भई नेपाल सरकारबाट पुरस्कृत पनि भईन उसु ,कपर्दी ,फूटबल भलिबलका गरि ५० भन्दा बढि उत्कृष्ट खेलाडिहरु पनि जिल्लामा छन तिनीहरुको पनि संरक्षण सम्बद्र्धनमा सरकार,स्थानीय निकाय र संघसंस्थाहरुले ध्यान दिनुपर्छ ः प्रमुख चन्दले भन्नुभयो ।
एक प्रसंगमा जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख चन्दले हालै भएको राष्टिय खेलकूद प्रतियोगितामा पनि मध्यपश्चिम प्रथम हुनुमा बर्दियाका खेलाडिहरुको मुख्य भूमिका रहेको प्रष्ट पार्नुभयो।
उंहाले एथलेटिक्सको प्रशिक्षक नहुंदा पनि यत्रो प्रगति हासिल गरेको जिल्लाले सरकारले एथ्लेटिक्सको प्रशिक्षक व्यवस्था गरिदिएमा खेलाडिहरुले अझै राम्रो प्रगति हासिल गर्ने प्रष्ट पाुर्नभयो । हाल जिल्लामा उसु कंराते,कपर्दी,जुडो फूटबलका १ १ र टेक्वाण्डोको २ गरि जम्मा ७जना प्रशिक्षक रहेको जानकारी दिनुभयो ।
जिल्लामा खेलकूदका लागि स्थानीय स्तरमा आन्तरिक श्रोतको व्यवस्था नभएकाले बहुउदेश्यीय कर्भड हल निर्माण,जिल्लास्तरीय प्रतियोगिता र खेलकूद सम्बन्धि कार्यक्रमहरु पर्याप्त मात्रामा संचालन गर्न नसिकिएको प्रमुख चन्दको भनाई थियो।
बर्दियाको खेलकूद विकासमा यूवा खेलकूद मन्त्रालयले जिल्लामा संचालन गरिरहेको कार्यक्रमहरु प्रति आभार ब्यक्त गर्दे प्रमुख चन्दले मन्त्रालयबाट
समयमै बजेट निकासा भईदिए जिल्ला स्तरमा धेरै प्रतियोगिताहरु समयमै सम्पन्न गरिन सक्ने धारणा राख्नुभयो ।
Comments
Post a Comment