विश्व वातावरण दिवसमा कोकोफद्धारा रक्तदान कार्यक्रम तथा एकदिने कान शिविर सम्पन्न

मानव बि सि
पी सी एन,२४ जेठ । खाता लगायत देशका प्रमुख जैविक मार्गको संरक्षण गरी जनताको दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको संस्था जैविक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्र —कोकोफले जैविक मार्ग होमस्टे व्यवस्थापन समिति,ओराली बजार व्यवस्थापन समिति,रेडक्रस र एम आर क्लीनिकसंग मिलेर बर्दियाको ओराली बजारमा  रक्तदान र निःशुल्क कान शिविर सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर केन्द्रले स्थानीय संस्थाहरुसंग समन्वय गरि सो शिविर संचालन गरेको हो ।
निःशुल्क कान शिविर बाट सुर्यपटुवा,ढोढरी र सानोश्री गाविसका जनता प्रत्यक्ष लाभान्वित भएको जैविक मार्ग तथा संरक्षित वन क्षेत्र संरक्षण केन्द्र —कोकोफका अध्यक्ष कृष्ण परियारले बताउनु भयो ।
शिविरमा १सय ४५ महिला र ७८ पुरुष गरि २सय २३जनाको कान जांच तथा उपचार कार्य सम्पन्न भएको अध्यक्ष परियारले बताउनु भयो । यस्तै सोही कार्यक्रममा ३महिला र २२ पुरुष गरि २५जनाले रक्तदान गरेका छन् । 
यस बर्ष जैबिक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्र —कोकोफले विविध कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएको छ ।  कोकोफले केन्द्रले जेठ २१गते सुर्यपटुवा ,सानोश्री र ढोढरी गाविसका सबै गांउहरुमा सरसफाई ,२२गते खाता समन्वय समितिको कार्यालयमा प्रवचन,सांगितिक कार्यक्रम तथा वन हेरालुहरुलाई सम्मान कार्यक्रम पनि आयोजना गरेको थियो ।
खाता क्षेत्रको जैविक तथा  सांस्कृतिक बिविधताको संरक्षण , पर्यटन प्रर्वद्धन ,उपभोक्ता समुहहरुको सुशासन तथा संस्थागत बिकास, बन्यजन्तुहरुको चोरी शिकारी र अबैध ब्यापार नियन्त्रणका प्रभावकारी भुमिका खेल्दै आएको कोकोफले खाता क्षेत्रको वातावरण संरक्षणका लागि रचनात्मक कार्य पनि गर्दे आईरहेको छ ।

Comments