पी सी एन,२४जेठ । बर्दिया कृष्णसार यातायात व्यवसायी संघ प्रधान कार्यालय गुलरियाको अध्यक्षमा शंभुप्रसाद रिजाल पुनः निर्विरोध निर्वाचित हुनु भएको छ ।
संघको हालै गुलरियामा सम्पन्न छैठौ अधिवेशनबाट रिजाल निर्विरोध निर्वाचित हुनु भएको हो ।
संघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा शंकर भण्डारी,उपाध्यक्षहरुमा पिताम्बर श्रेष्ठ र नमराज चौलागाई भने प्रष्पिर्धाबाट निर्वाचित हुनु भएको छ ।
सचिवमा महेन्द्रराज आर्चाय,सहसचिवमा बिनोद शर्मा र रवि मल्ल,कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ,सह कोषाध्यक्षमा लोकबहादुर विश्वकर्मा निर्विरोध निर्वाचित हनु भएको निर्वाचन अधिकृत देविदतm देवकोटाले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा पनि ईन्द्रबहादुर गुंरुग,कुलबहादुर श्रेष्ठ,कोमल खडका,टिकादेवि बुढाथोकी,टेकबहादुर के सी,डिलप्रसाद अधिकारी,प्रकाशकुमार टण्डन,बलराम गुप्ता,भरत रेग्मी,भागवत देवकोटा,रामप्रसाद भण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ ।
बर्दिया कृष्णसार यातायात व्यवसायी संघ प्रधान कार्यालय गुलरियाको छैठौ अधिवेशन तथा वार्षिक साधरण सभाको नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेशप्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै यातायता व्यवसायीहरुले राजनैतिक दल र सरकारले भनेजति सहयोग नगर्दा यातायात व्यवसाय पछाडि परेको बताएका थिए । यातायात व्यवसायीको ३ खर्व भन्दा बढी लगानी रहेको सार्वजनिक यातायात क्षेत्रलाई सरकारले भनेजति सहयोग नगरेकोमा यातायात व्यवसायीहरुले आपतिm जनाएका थिए ।
उनीहरुले यातायात क्षेत्रलाई तहसनहस बनाउन चारैतिरबाट प्रहार भएको बताउदै यातायात व्यवसायी एकजुट भई समस्याको सामना गर्दै सरकारलाई दवाब दिनुपर्ने कुरामा जोड दिएका थिए ।
उद्घाटन कार्यक्रममा नेपाल यातयात व्यवसायी महासंघका महासचिव सरोज सिटोला,वरिष्ठ उपाध्यक्ष डोलराज खनाल,उपमहासचिव डेकनाथ गौतम,पुर्व वरिष्ठ उपाध्यक्ष दधि खरेल र बर्दिया कृष्णसार बर्दिया कृष्णसार यातायात व्यवसायी संघका पुर्व उपाध्यक्ष ईन्द्रकुमार श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।
Comments
Post a Comment