पी सी एन
बर्दिया ५असार । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य महेन्द्र शर्माले केही दिन अघि एकीकृत माओवादीले संविधान निर्माण गर्नै प्रतिबद्धता ब्यतm गरे तापनि उनीहरु लोकतान्त्रिक संविधान जारि हुन नदिने खेलमा भने लागि परेको आरोप लगाउनु भएको छ । नेपाल महिला संघ बनियाभार गांउ समिति को अधिवेशनलाई जमुनीयामा सम्बोधन गर्दै केीनद्रय सदस्य शर्माले बहुदवाद नमान्ने माओवादीको भनाईले उनीहरु लोकतान्त्रिक संविधान जारि हुन नदिने अभियानमा लागि परेको बताउनु भएको हो ।
माओवादीले अधिनायकवाद र तानाशाही व्यवस्था निम्त्याउनका लागि सजिलो हुने संविधान चाहेको बताउदै केन्द्रिय सदस्य शर्माले जस्तोसुकै कठिन परिस्थिती आई परे पनि जनचाहना बमोजिम कांग्रेसले लोकतान्त्रिक संविधान निर्माण गरेरै छाडने प्रतिबद्धता ब्यतm गर्नुभयो । गरिबी ,शोषण ,विपन्नता,राजनैतिक अस्थिरताबाट नेपाललाई मुक्त गर्ने वी पी कोईरालाका सपना बमोजिम संघीय लोकतान्त्रिक संविधान जारि गर्न कांग्रेस लागि परेको प्रष्ट पार्नुभयो ।
नेपाल महिला संघ क्षेत्र नं ३का सभापति लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न नेपाल महिला संघ बनियाभार गाउ समितिको अधिवेशनलाई नेपाल महिला संघकी केन्द्रिय सदस्य मालती सोडारी,जिल्ला अध्यक्ष सुशीला गिरी,नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाट ,महासमिति सदस्य विजयदत्त देवकोटा,परशुराम थारु लगायतले बोल्नु भएको थियो ।
अधिवेशनले तुलसरा कुमाल को अध्यक्षतामा १५ सदस्यीय नेपाल महिला संघ बनियाभार गाउ समिती गठन गरेको छ ।
कार्यक्रममा वैध माओवादीका ईन्चार्ज जागेश्वर चौधरी लगायतलाई केन्द्रिय सदस्य शर्माले पार्टी सदस्ता प्रदान गरि र अबीर लगाई काग्रेसमा प्रवेश गराउनु भयो ।
Comments
Post a Comment