कालिका र महम्दपुरका सामुदायिक वनमा लगाईएको आगलागिबाट १करोड मुल्य भन्दा बढिका काठ नष्ट

पी सी एन,२०जेठ  । गएराती कालिका गाविसमा पर्ने सरस्वती,कालिका मन्दिर र तिलकाना सामुदायिक वन  र मोहम्मपुर गाविसमा रहेको परोपकार सामुदायिक वनमा गराईएको आगलागिबाट ४५ हेक्टर क्षेत्रफलमा अन्दाजी १करोड मुल्य बराबरका साल र असन जातका साना तथा ठुला रुखहरु नष्ट भएका छन् । 
मंगलबार बेलुका १०बजेको समयमा गराएको आगलागि पुर्ण रुपमा नियन्त्रणमा लिन जिल्ला वन कार्यालयको टोलीलाई १२घण्टा लागेको थियो। आगलागिको खबर पाउनासाथ अग्नी नियन्त्रण उपकरणसहित जिल्ला वन कार्यालयबाट राती १०बजे नै फरेष्टर कृष्ण घिमिरे र जमदार धनबहादुर गुंरुगको नेतृत्वमा १०जनाको टोली त्यस तर्फ खटिएको थियो । 
जिल्ला वनको टोली र  पांच सय भन्दा बढिको संख्यामा रहेका स्थानीय उपभोतmा मिलेर बिहान १०बजेतिर मात्रै वनमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा ल्याएका थिए । आगलागि कसले र किन लगायो भन्ने कुरा बुधबार दिंउसोसम्म थाहा हुन सकेको छैन। वनमा आगो लगाउनेहरुको खाजी कार्य भईरहेको सहायक जिल्ला वन कार्यालयका प्रवतmा सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिनुभयो ।

Comments