जिल्लावासीहरुमा पुनः उच्च सजगता अपनाउन आग्रह

पी सी एन
बर्दिया,१४असार जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले कर्णाली बबई नदीमा पानीको सतह केही बढेको भन्दै भन्दै बर्दिया जिल्लावासीहरुमा पुनः उच्च सजगता  अपनाउन आग्रह गरेको
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला दैवी प्रकोप उद्धार समितिका  अध्यक्ष बिनोदबहादुर कुँवरले स्थानीय संचार माध्यमलाई आज सोमबार बिहान एक सन्देश सम्प्रेषित गरि कर्णालीमा आज बिहान पानीको सतह .५३मीटर बबईमा पानीको सतह .१० मिटर पुगेको भन्दै नदी छेउका बासिन्दालाई सजगता अपनाउन अनुरोध गरेको हो ।कर्णालीमा पानीको सतह १०. बबईमा पानीको सतह . मीटर पुग्नुलाई खतरापुर्ण मानिन्छ

प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष कुंवरले आकस्मिक स्थितिमा नजिकको प्रहरी इकाई वा संचार माध्यमहरुमा फोन गर्न आग्रह गर्नुभएको प्रहरी वा संचारमाध्यमहरुमा मात्र नभई  आकस्मिक स्थितिमा प्रमुख जिल्ला अधिकारीको मोबाईल नम्बर ९८५८०३७७७७,प्रहरी उपरीक्षक को मोबाईल नम्बर ९८५८०३५५५५,नेपाल रेडक्रसको मोबाईल नम्बर   ९८४८०३२७४९,९८५८०३२७४९ आपतकालिन कार्य संचालन केन्द्र गुलरियाको मोबाईल नम्बर  ९८५७८९०६९९ मा पनि फोन गर्न सर्वसाधरणहरुलाई अनुरोध गर्नुभएको

Comments