बिहीबार सांझदेखिको बर्षाले कर्णाली नदीमा पानीको बहाव केही बढेको ,जिल्लाको समग्र अवस्था सामान्य तर सजगता भने अपनाउनु पर्नेमा प्रशासनको जोड

पी सी एन
११ असार,बर्दिया विहीबारदेखि सक्रिय मनसुनले बर्दिया लगायत मध्य सुदूरपश्चिम क्षेत्रमा भारी बर्षा  गराएको बिहीबार सांझदेखिको निरन्तर बर्षाले कर्णाली नदीमा पानीको सतह भने केही मात्रामा बढेको बबई नदीको अवस्था भने सामान्य रहेको  कर्णाली नदीको चिसापानीमा पानीको सतह .८५मीटर पुगेको कर्णालीमा ९मीटर पुगेमा सर्तकर्ता अपनाउनु पर्दछ भने १०मीटरलाई खतराको तह मानिन्छ ःप्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले प्रेस क्लब अफ नेपाललाई बताउनु भयो
बिहीबार सांझबाट बर्षा शुरु भएपनि जिल्लाको अवस्था भने समान्य रहेको प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष कुंवरले बताउनु भयो  
यस्तै बर्दियामा रहेका मान नदी,बुढी खोला  लगायतका स्थानिय नदी खोलामा पानीको सतह पनि बढेको  
प्रेस क्लब अफ नेपालसंगको कुराकानीमा गेज रिडर मोहनलाल जोशीले चेपांगमा राखिएको पानी नाप्ने यन्त्रले बबई नदीमा पानीको बहावको घटबढ भईरहेको बताउनु भयो बिहीबार दिउसो बबई नदीमा पानीको बहाव .७०मीटर, सांझ .८०मीटर थियो आज  शुक्रबार बिहान पानीको बहाव .६९मीटर पुगेको नदीमा पानीको बहाव . मिटर पुगेपछि खतरा मानिने उनको भनाई वर्षा नरोकिएकाले पानीको बहाव केही बढ्न सक्ने उहांको भनाई थियो
बर्षा नरोकिएपछि नदीमा पानीकोे बवाह बढन सक्ने भन्दै नदी किनारका बस्तीमा सजगता अपनाईएको बर्षापछि बबई नदीमा तटबन्ध निर्माण कार्य प्रभावित भएको  बर्षासगै नदीमा पानीको बहाव बढन सक्ने भन्दैै ठेकेदारहरुले आफ्नो निर्माण सामग्रीहरु सुरक्षित स्थानमा राख्न थालेका छन्
मौसमविदहरुले मनसुन सक्रिय भएकाले संभावित बाढी पहिरोको खतराबाट पूर्व सावधानी अपनाउन सुझाव दिएका छन् जिल्ला प्रशासन कार्यालयले सजगता अपनाउन सबैमा आग्रह गरेको   
जिल्ला प्रशासन कार्यालय बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समितिले बिहीबार दिउंसो एक सार्वजनिक सुचना जारि गरि भारी बर्षा हुन सक्ने भन्दै बर्दिया जिल्लावासीहरुमा उच्च सजगता  अपनाउन आग्रह गरेको थियो
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला दैवी प्रकोप उद्धार समितिका  अध्यक्ष बिनोदबहादुर कुँवरले स्थानीय संचार माध्यमलाई सुचना सम्प्रेषित गरि शुक्रबार दिन भारी बर्षा हुन सक्ने सम्भाबना भएकोले सम्पुर्ण जिल्लाबासीहरुमा उच्च सजकता अपनाउन अनुरोध गर्नुभएको थियो  
प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष कुंवरले आकस्मिक स्थितिमा नजिकको प्रहरी इकाई वा संचार माध्यमहरुमा फोन गर्न आग्रह गर्नुभएको प्रहरी वा संचारमाध्यमहरुमा मात्र नभई  आकस्मिक स्थितिमा प्रमुख जिल्ला अधिकारीको मोबाईल नम्बर ९८५८०३७७७७,प्रहरी उपरीक्षक को मोबाईल नम्बर ९८५८०३५५५५,नेपाल रेडक्रसको मोबाईल नम्बर   ९८४८०३२७४९,९८५८०३२७४९ आपतकालिन कार्य संचालन केन्द्र गुलरियाको मोबाईल नम्बर  ९८५७८९०६९९ मा पनि फोन गर्न सर्वसाधरणहरुलाई अनुरोध गर्नुभएको  
जुन १३ बाट नेपालको पुर्वि क्षेत्रबाट सुरु भएको मनसुन १४ दिन पछि बर्दियामा पुगेपछि बिहीबार साँझ देखि बर्दियामा मनसुन शुरु भएको हो मनसुन सक्रिय हुनु अरब सागरमा रहेको न्युनचापिय जलबास्प समेत भारतको गुजरात हुदै नेपालको पुर्वी उत्तर तर्फ भित्रिएपछि नेपालको पश्चिम क्षेत्रमा बुधवार बाट झरी परिरहेको  
यस्तै शनिवार बिहान देखि केहि मात्रामा आकाश खुल्ने भएपनि वर्षा भने एक साता सम्म जारि रहने मौसम बिभागले जनाएको  
ढिला गरी मनुसन सक्रिय भए पनि यसबर्ष कम पानी पर्ने पूर्वानुमान गरिएको मनसुन अवधिभर १४ सय २२ मिलिमिटर पानी पर्नुलाई सामान्य मानिन्छ तर यसपाली त्यति पानी पर्दैन,’ मौसमविदहरुले बताए  


Comments