अदालतप्रति जनआस्था अभिबृद्धि गर्न लागिपरेको जिल्ला न्यायधीश अधिकारीको भनाई


पी सी एन 

बर्दिया,१असार बर्दिया जिल्ला अदालतका न्यायधीश ऋृषिप्रसाद अधिकारीले अदालतप्रति जनताको आस्था विश्वास बढाउन आफुले सेवाग्राही प्रति उचित व्यवहार एंव सम्मान देखाएको बताउनु भएको बर्दिया जिल्ला अदालत सामाजिक कानुनी सहायता केन्द्रले संयुतmरुपमा आयोजना गरेको न्यायिक संवाद तथा सरोकारवाला निकाय बीचको समन्वय बैठकलाई गुलरियामा सम्बोधन गर्दै न्यायधीश अधिकारीले अदालतलाई जनताको आफनै अदालत सोच्न सर्वसाधरणहरुमा आग्रह गर्दे अदालत प्रति जनआस्था अभिबृद्धि गर्न आफु लागि परेको धारणा राख्नु भयो
अदालतबाट छिटोछरितो  सर्वसुलभ सेवा दिन,मुददालाई अनुमान योग्य बनाउन ,न्यायमा सर्वसाधरणको पंहुच अभिबृद्धि गरि जनआस्था अभिबृद्धि गर्न हामीहरु लागि परेका छौ न्यायधीश अधिकारीको भनाई थियो।एक प्रसंगमा उंहाले अदालतबाट गरेको फैसला  कार्यान्वयन गर्न कुनै कसुर बांकी नराख्ने बताउदै प्रहरी लगाएर भएपनि फैसलाको कार्यान्वयन गराउने स्पष्ट पार्नुभयो। उंहाले सेवाग्राहीबाट अनुचित लाभ लिने अदालतका कर्मचारीहरुलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता ब्यतm गर्नुभयो
जिल्ला न्यायधीश ऋृषिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकलाई प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष मीनराज शर्मा,जिल्ला न्याधीवक्ता सुरेन्द्रजंग शाही,प्रहरीउपरीक्षक गोविन्दराम परियार, सामाजिक कानुनी सहायता केन्द्रकी संयोजक लक्ष्मी नेपाल,जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे,जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह,अदालतका स्रेस्तेदार खिमानन्द पाण्डे,बर्दिया बारका अध्यक्ष नरेन्द्रराज शर्मा,गैसस महासंघका अध्यक्ष बिष्णु तिमल्सिना,प्रशासकीय अधिकृत महेन्द्रजंग शाही लगायतले सम्बोधन गर्नु भएको थियो।बैठकमा अधिकांश सहभागीले अदालतले मुद्दाको किनारा छिटोछरितो लाउनु पर्ने, मुद्दा दर्ताको सिलसिलामा सर्वसाधरणसंग अनुचित लाभ लिने वकील तथा कर्मचारीहरुलाई छानविन गरि कारवाही गर्नुपर्ने,वकीलहरुको पारिश्रमिक दर निर्धारण गरिनु पर्ने अदालत प्रति सर्वसाधरणहरुको सहज पंहुच बढाउनु पर्ने लगायतले धारणा राखेका थिए।

Comments