रेडियो गुर्बाबा एफएम १०६.४ मेगाहर्जले आफ्नो आठौ बार्षिक उत्सव विविध कार्यक्रम गरि मनायो

पी सी एन
बर्दिया,१२असार। प्राचिन सृजनशिल आदिबासी समाजद्धारा सञ्चालित बाँसगढीमा रहेको रेडियो गुर्बाबा एफएम १०६. मेगाहर्जले आफ्नो आठौ बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको
२०६५ असार १२ गते देखि परिक्षण प्रसारण सुरु गरेको एफ एमले स्थानिय समुदायसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायतका बिषयहरुमा कार्यक्रम उत्पादन एंव  प्रसारण गर्दै आईरहेको थारु समुदायको बाहुलयता जिल्लामा सो  एफएमले ५० प्रतिशत थारु ५० प्रतिशत अन्य भाषामा कार्यक्रम तथा समाचार प्रसारण गर्ने आफनो नीति लिएको अध्यक्ष देवमान चौधरीले बताउनु भयो

 बार्षिक उत्सवको अवसर पारेर  रेडियोको स्थापना कालदेखि हालसम्म सहयोग पुरयाउने समाजसेवीहरु मनिराम थारु थानेश्वर थारु, बिज्ञापन दाता नमुना फेन्सी स्टोेरका प्रेम अधिकारी प्रगती जडिबुटी उद्योगका रजमान थारुलाई रेडियोले सम्मान समेत गरेको पी सी एन ले जनाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी एंव कार्यक्रमका प्रमुख अथिती बिनोदबहादुर कुंवरले उंहाहरुलार्ई सम्मान गर्नुभएको थियो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुवरले सामाजिक सुचना फैलाउन, सामाजिमा सदभाव कायम राख्न , समाजका  आर्थिक, समाजिक, साँस्कृतीक बिषयहरुलाई उजागर गर्नमा रेडियो गुर्बाबा एफ एमले महत्वुपुर्ण बताउनु भयो कार्यक्रम रेडियो गुर्बाबा एफएफका अध्यक्ष देबमान चौधरीको सभापतित्वमा भएको थियो भने स्वागत मन्तव्य प्राचिन सृजनशिल आदिबासी समाजका अध्यक्ष फगुवा थारुले दिनुभएको थियो

Comments