जेठ २९ गते खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रममा उप प्रधानमन्त्री गौतम प्रमुख अतिथिको रुपमा बर्दिया आउने कार्यक्रम तय, सम्पुर्ण तैयारीहरु पुरा हुदै
पी सी एन ,२६ जेठ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम जेठ २९गते बर्दिया आउनु हुने भएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाको आयोजनामा हुन लागेका खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन गौतम आफनो गृह जिल्ला बर्दिया आउन थाल्नु भएको हो ः प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा जिल्ला खानेपानी सब डिभिजन कार्यालय बर्दियाका प्रमुख अर्जुन कुमार बमले सो कुराको जानकारी दिनुभयो ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाको निमन्त्रणा अनुसार गौतम बर्दिया आउने कार्यक्रम तय भएको हो प्रमुख बमले बताउनु भयो ।
गौतम शुक्रबार बिहान बर्दिया आई सोही दिन सांझ काठमाण्डौ फर्किने कार्यक्रम छ । गौतमको भ्रमणलाई लिएर बर्दियामा आवश्यक सुरक्षा तैयारीहरु पनि गरिन थालिएको प्रशासनले जनाएको छ ।
जेठ २९गते खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रमको सम्पुर्ण तैयारीहरु पुरा भएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एंव जिल्ला खानेपानी सब डिभिजन कार्यालय बर्दियाका प्रमुख अर्जुन कुमार बमले बताउनु भएको छ ।
एक घर एक चर्पी बर्दियाको शान पुर्ण सरसफाईयुतm जिल्ला हाम्रो पहिचान भन्ने मुल नाराका साथ बर्दिया जिल्लालाई तराईकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्न सम्पुर्ण तैयारीहरु भएको र कार्यक्रममा बढिभन्दा बढि जन सहभागिता गराउन निमन्त्रणा पत्र पठाउनुका साथै संचार माध्यममा सुचना सम्प्रेषण गरेर र माईकिंग गरेर सर्वसाधरणहरुलाई अनुरोध गरिएको सदस्य सचिव बमले बताउनु भयो ।
Comments
Post a Comment