कोकोफ ले विविध कार्यक्रमका साथ बर्दियामा विश्व वातावरण दिवस मनाउन थाल्यो

पी सी एन,२१जेठ प्रत्येक वर्ष जुन लाई विश्व वातावरण दिवसको रुपमा विश्वभरी मनाउने प्रचलन अनुरुप यसपटक पनि विश्व वातावरण दिवस नेपाल लगायत विश्वभर बिविध कार्यक्रम गरि मनाईने भएको ।यस वर्ष एउटै पृथ्वी सात अरब सपना दिगो उपभोग हाम्रो चाहना भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस २०१५ विश्वभर विविध कार्यक्रमका साथ मनाईने तैयारी भईरहेको
बर्दियामा विश्व वातावरण दिवस यस बर्ष सुर्यपटुवा ७को ओराली बजारमा रहेको जैबिक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्रकोकोफले बिविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको अध्यक्ष कृष्ण परियारले जानकारी दिनुभयो
खाता लगायत देशका प्रमुख जैविक मार्गको संरक्षण गरी जनताको दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको संस्था कोकोफले स्थानीय खाता समन्वय समिति ,डल्ला होमस्टे व्यवस्थापन समितिसंग मिलेर सरसफाई,प्रवचन,सम्मान,सांगितिक कार्यकम,रक्तदान निःशुल्क कान शिविर लगायतका कार्यक्रम गरि विश्व वातावरण दिवस मनाउन लागेको हो

जैबिक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्रकोकोफका अध्यक्ष कृष्ण परियारका अनुसार केन्द्रले जेठ २१गते सुर्यपटुवा ,सानोश्री ढोढरी गाविसका सबै गांउहरुमा सरसफाई ,२२गते खाता समन्वय समितिको कार्यालयमा प्रवचन,सांगितिक कार्यक्रम तथा वन हेरालुहरुलाई सम्मान २३ गते ओराली बजारमा रक्तदान तथा कान शिविरको आयोजना गर्दैछ
 खाता क्षेत्रको जैविक तथा  सांस्कृतिक बिविधताको संरक्षण,पर्यटन प्रर्वद्धन,उपभोक्ता समुहहरुको सुशासन तथा संस्थागत बिकास, बन्यजन्तुहरुको चोरी शिकारी अबैध ब्यापार नियन्त्रणका प्रभावकारी भुमिका खेल्दै आएको केन्द्रले वातावरण संरक्षणका लागि रचनात्मक कार्य पनि गर्दे आईरहेको


Comments