क्षितिज पौडेल
बर्दिया, १३असार । बर्दियाको साबिक डेउडाकला गाबिसका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको छ ।
१ सय बर्षीया बृद्धा लौटी थारु लगायतका जेष्ठ नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुवर, स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देल र बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत गणेश बिक्रम शाहीले संयुक्त रुपमा सम्मान एंव उपहार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुवरले बृद्धाबृद्धहरुलाई जबरजस्ती बृद्धाआश्रममा लगेर राख्ने प्रबृति बढेकोले यसलाई रोक्नु पर्नेमा जोड दिए ।
स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देलले सम्मान कार्यक्रमलाई मार्ग निर्देशनको रुपमा लिएको भन्दै जेष्ठ नागरिकहरुका मोतिया बिन्दुको र बाथ रोगको स्वास्थ्य शिबिर सञ्चालन गर्नका लागी जिल्ला जनस्वास्थ्य कायालय बर्दियासँग आवश्यक समन्वय भई सकेकोबताउनु भएको छ। कार्यक्रममा उंहाले जेष्ठ नागरिक अथार्त बाँ आमाहरु पद प्रर्दशक भएको हुदा जिवनमा आफुले देखेका र भोगेका कुराहरु र जिल्लाका समस्याहरुलाई जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक सेवा समाज मार्फत स्थानिय सरकार सम्म पुरयाउन आग्रह समेत गर्नुभयो।
जेष्ठ नागरिक सेवा समाज नेपालले तेस्रो पटक सञ्चालन गरेको सो कार्यक्रममा साबिक डेउडाकाला गाबिस भरीका जेष्ठ नागरिकहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो । जेष्ठ नागरिक समाज डेउडाकला गाँउ समिति अध्यक्ष त्रिलोचन सुवेदीको सभापतित्मा भएको कार्यक्रमको सञ्चालन तोयानाथ अधिकारीेले गरेका थिए ।
Comments
Post a Comment