पोखरा आउने पर्यटकका लागि सेप्टेम्बरसम्म २०देखि ५० प्रतिशतसम्म छुट दिईने प्याकेज घोषणा

पी सी एन,१९ जेठ स्वदेशी, भारतीय चिनियाँ पर्यटक आकषिर्त गर्नका लागि पोखराका व्यवसायीहरुले होटलदेखि साहसिक गतिविधिसम्म सबैमा आंउदो सेप्टेम्बरसम्मका लागि छुट उपलब्ध गराउने भएका छन् भूकम्पपछि ओरालो लागेको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन पोखराका व्यवसायीहरुले बिभिन्न सेवामा आकर्षक छुट दिने भएका हुन। पोखरा पर्यटन पुनर्जागरण समितिले राजधानीमा पत्रकार सम्मेलन गरी होटल, बञ्जीजम्प जीप फ्लायरमा ५० प्रतिशत ,ट्रेकिङमा ३० ट्राभल बस तथा रेष्टुरेन्टहरुमा २०र२० प्रतिशत छुट दिइएको जानकारी दिईयो ।यसैगरी प्याराग्लाइडिङ अल्ट्रालाइटमा १५ प्रतिशत छुट दिइने समितिले जनाएको पोखराका पर्यटन व्यवसायीहरुले भारत तथा चीनमा नेपाल सुरक्षित भएको सन्देश पुरयाउनका लागि त्यहाँका पत्रकारहरुलाई पोखरामा फाम ट्रिपमा ल्याउने पनि बताए
पश्चिमाञ्चल होटल संघ, क्षेत्रीय होटल संघ चितवन सिद्धार्थनगर होटल संघलेसिल्भर ट्रयांगलअवधारण अघि सारेका हुन् छिमेकी मुलुक भारत चीनमा तीनै पक्षले संयुक्त रुपमा पर्यटन प्रर्वद्धन गर्ने बताइएको ।पोखराको पर्यटन यथाशक्य पुनर्जागरण गर्न प्रचारप्रसार प्रर्वद्धनका कार्यक्रम गर्ने, विभिन्न ट्रिपको आयोजना गर्ने, पोखरामा विभिन्न इभेन्ट्सहरु आयोजना गर्ने तयारीमा व्यवसायी रहेका छन्

पर्यटकीय सिजनको उत्तरार्ध मानिने यो समयमा पोखराका होटल प्रतिशतमात्र भरिएको समितिका संयोजक गणेश बहादुर भट्टराइले जानकारी दिए भूकम्पको डरले विदेशी पर्यटकले भ्रमण रद्द गरेका छन भने स्वदेशी पर्यटक पनि घुमफिरमा निस्किन डराइरहेका छन् हामीले छुट प्याकेजहरुलाई आन्तरिक पर्यटन बजार बोडर सिटीहरुमा तुरुन्तै प्रचारप्रसार गर्ने कार्यक्रम समितिका संयोजक भट्टराइले भनेयथार्थ सन्देश फिँजाउन सकेको खण्डमा पर्यटक आकषिर्त गर्न सकिन्छ पर्यटकीय गन्तव्य पोखरा, चितवन लुुम्बिनीलाई जोडेरसिल्भर ट्रयांगलअवधारणा समेत अघि बढाइएको यस योजनामा तीनै क्षेत्रमा रहेका होटलमा ५० प्रतिशत छुट दिन व्यवसायी सहमत भएका छन्

Comments