पी सी एन
बर्दिया,५असार । राहत शिक्षक जिल्ला संर्घष समिति बर्दियाको चौथौ अधिवेशन शुक्रवार गुलरियामा सम्पन्न भएको छ ।
अधिवेशनले ऋृषिराम गौतमको अध्यक्षतामा ३५सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
समितिको सहअध्यक्षमा मुना नेपाल,उपाध्यक्षमा खगेन्द्र चन्द,गीता शर्मा,सचिवमा धनबहादुर थापा,कोषाध्यक्षमा खड्कप्रसाद उपाध्याय र सहसचिवमा कपिल शाह,विवेक पौडेल रहनु भएको छ । सदस्यहरुमा ऋृषिराम अर्याल,सुर्वण चौधरी,प्रेम डांगी ,सुभद्रा पौडेल लगायत निर्वाचत हुनु भएको छ ।
अधिवेशनलाई नेपाल शिक्षक संघका उपाध्यक्ष शान्ति योगी,शिक्षक नेताहरु बिनोद पौडेल,धर्मप्रसाद शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनले राहत शिक्षकहश्रलाई आफैमा दरबन्दी सरह मानि आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्नुपर्ने स्थायी नभई विस्थापित हुनेलाई सेवा अवधिका आधारमा उपदान दिनु पर्ने, सेवा ,सुविधा र अधिकार राहत शिक्षकले स्थायी अस्थायी शिक्षक सरह प पाउनुपर्ने,योग्यता,क्षमता र कार्यकुशलताका आधारमा शिक्षकहरुलाई दण्ड पुरस्कारको व्यवस्था गर्नुपर्ने लगायतका मांग तत्काल पुरा गर्न सरकारसंग मांग अघि सारेको छ ।
Comments
Post a Comment