बर्दियामा धान रोपाई शुरु

पी सी एन
बर्दिया,१असार बर्दियामा धान रोपाई शुरु भएको विगत बर्ष झै यस बर्ष पनि जिल्लाको प्रमुख अन्न भण्डार मानिने राजापुर क्षेत्रबाट जिल्लामा धान रोपाई शुरु भएको हो। राजापुर क्षेत्रमा हालसम्म १०देखि १५ प्रतिशत धान रोपाई सकिएको
प्रेस क्लब अफ नेपालपी सी एन संगको साक्षात्कारमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले धान रोपाईका लागि कृषि विकास कार्यालयले किसानहरुलाई  निःशुल्क अनुदानमा  गरि १करोड ७७ लाख १०हजार मुल्य बराबरको सय ६७ टन धानको बीउ बितरण समेत गरेको
बितरण गरिएको धानको बीउमा बाढी पीडित कृषकहरुका लागि १करोड ५९लाख मुल्य बराबरको ३सय ३२ टन निःशुल्क रुपमा अन्य कृषकहरुका लागि २५देखि ५० प्रतिशत अनुदानमा १८लाख १०हजार मुल्य बराबरको २५ टन रहेको छ।
कार्यालयले बाढी पीडीत कृषकहरुका लागि निशुल्क रुपमा बितरण गरिएको धानको बीउमा राधा ,सावित्री,मकवानपुर१,स्वर्ण सब ,सा.वा मन्सुली जातका अन्य किसानहरुका लागि  बितरण गरेको बीउमा राम धान,सांवा सब ,सांवा मन्सुली जातको रहेको अधिकृत श्रेष्ठले बताउनु भयो
राजापुर क्षेत्रमा हालसम्म १०देखि १५ प्रतिशत रोपाई सकिएको भने अन्य क्षेत्रमा पनि ब्याड राख्ने रोप्ने क्रम जारि रहेको बताउदै वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जलवायु अनुकुल  भए यस बर्ष धानको उत्पादन बढने बताउनु भयो

पी सी एन संगको साक्षात्कारमा प्रमुख श्रेष्ठले गत बर्ष ५२हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २लाख १३हजार मेट्रिक  धान उत्पादन १लाख ८३हजार मेटिक टन जिल्लामा खपत भई ३०हजार मेट्रिक टन धान जिल्ला बाहिर निर्यात गरिएको थियो बर्दियामा प्रति कठठा १सय ५० किलो भन्दा बढि धान उत्पादन हुने गरेको

Comments