पी सी एन
बर्दिया,१३असार। स्थानीय शान्ति समिति बर्दियाले यस अघि ३ लाख राहत पाएका बर्दियाका द्वन्द्व प्रभावित ब्यतिmका परिवारलाई थप १लाख राहत रकम निकासा भई आएको भन्दै यथाशीघ्र सम्पर्कका लागि अनुरोध गरेको छ । प्रभावित ब्यतिmका परिवारलाई स्थानीय शान्ति समितिले पेश गरेको फाईलका आधारमा प्रशासन मार्फत राहत रकम पनि धमाधम बितरण भईरहेको छ ।
स्थानीय शान्ति समिति बर्दियाका प्रमुख उमेशकुमार गुप्ताले विगतमा भएको द्वन्दबाट प्रभावित भई यस अघि रु ३लाख राहत पाईसेकेका मृतक तथा बेपतmा ब्यतिmका परिवारहरुका लागि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट थप रु १लाख राहत रकम निकासा भई आएकोले सम्बन्धित ब्यतिmहरुलाई आवश्यक कागजात सहित यथाशीघ्र कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको बताउनु भयो ।
प्रमुख गुप्ताका अनुसार हालसम्म प्रभावित ४सय ६८ मध्ये ४सय ७ वटा फाईल स्थानीय स्थानीय शान्ति समितिमा पेश भएकोमा सबै फाईलहरु जिल्ला प्रशासन कार्यालयमा बुझाईएको छ । जिल्ला प्रशासन कार्यालयमा बुझाईएका फाईलहरु मध्ये हालसम्म ६० जना भन्दा बढिका खातामा प्रशासनले१लाखका दरले राहत रकम जम्मा गरिदिएको पनि प्रमुख गुप्ताले बताउनु भयो ।
विगतमा भएको द्वन्द्वका कारण बर्दियामा ४सय ६८जना प्रभावित भएका थिए । प्रभावित मध्ये २सय १०जना बेपतmा भएका थिए भने २सय ५८जना मारिएका थिए ।
स्थानीय स्तरमा विद्यमान द्वन्द्वका प्रभावहरुलाई निर्मुल गर्दै शान्ति तथा पुर्ननिर्माणका प्रकृयालाई आपसी सद्भाव र एकताका आधारमा व्यवस्थित रुपमा प्रवद्र्धन गर्ने काम स्थानीय समितिले गर्दे आईरहेको छ ।
Comments
Post a Comment