अविरल बर्षाका कारण बर्दियामा १सय १४ घर डुबानमा ३०घरका १सय ५०जना विस्थापित

Photo by Kshitij
पी सी एन
बर्दिया,१२ असार। अविरल बर्षाका कारण बर्दियामा १सय १४ घर डुबानमा परेका छन भने ३०घरका १सय ५०जना विस्थापित भई स्थानीय बिद्यालयमा आश्रय लिएका छन् आकाशबाट परेको पानी जमेर घर डुबानमा परेपछि उनीहरु नजिर्कको  बिद्यालयमा आश्रय लिन पुगेका हुन बिस्थापित हुनेमा गुलरिया नगरपालिका वडा नं संगम बस्तीका बासिन्दाहरु हुन
अविरल बर्षाका कारण पानी जमेपछि बासगढी नगरपालिका मा ५४ घर,बांसगढी ६मा २५ घर,गुलरिया २मा ३०घर सानोश्री तारातालमा घर डुबानमा परेका थिए। अहिले जिल्लाको अवस्था सामान्य रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले जानकारी दिनुभयो
अविरल वर्षाका कारण कर्णाली बबई नदीमा बढेको पानीको सतह बर्षा रोकिएसंगै घटदो रहेको शुक्रबार राती .७० मिटर रहेको पानीको सतह घटेर शनिवार .१८मिटर पुगेको   जलमापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुंगका अनुसार कर्णालीमा पानीको सतह १०मीटर पुगेमा सर्तकर्ता अपनाउनु पर्दछ भने ११मीटरलाई खतराको तह मानिन्छ
बबई नदीको चेपांगमा रहेको जलमापन केन्द्रका गेज रिडर मोहनलाल जोशीका अनसार चेपांगमा राखिएको पानी नाप्ने यन्त्रले बबई नदीमा पानीको बहावको घटीरहेको देखाएको बबई नदीमा शुक्रबार बेलुका .२० मिटर पानीको बहाव रहेकोमा शनिवार बिहान पानीको बहाव घटेर .७०मिटर पुगेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले बर्षाका कारण क्षति हुन पुगेको बिभिन्न स्थानमा प्रहरी परिचालन गरि पानी खोल्न लगाई उद्धार गरिएको डिआई जी केशव अधिकारीले बताउनु भयो

जिल्ला दैवि प्रकोप उद्धार समितिले बर्षा नरोकिएसम्मका लागि नदीमा पानीकोे बहाव बढन सक्ने भन्दै विशेष सजगता अपनाउन सबैलाई अनुरोध गरेको थियो ।बाढीको संभावना खतराबारे मौसम विभागले पनि विश्लेषण गर्दै सम्बन्धित जिल्लाका प्रशासन सुरक्षा निकायलाई  जानकारी दिएको थियो।

Comments